गज़ल I



नेपालीको हित गर्ने संविधानको धारा लेख्योस्!
माटो लेख्योस्, मुटु लेख्योस् , मिठो भाईचारा लेख्योस् !!
.
ढुंगा फोरी हत्केलाको रेखा मेट्ने वीरहरूको!
पसीनाका धारा अनि गाह्रा अफ्ठ्यारा लेख्योस्!
.
रगतले भिज्या माटो कती सम्म सुख्खा हुँन्छ!
देखाउँन सन्ततीलाई खोकु, छिन्ताङ, खारा लेख्योस्!
.
शहरले नदेखेको, बाटो, बिकास नपुगेको !
रोल्पा, रूकुम, मनाङ, मुस्ताङ, गाउँ बस्ती सारा लेख्योस् !
.
लासमाथी रजाँई गर्ने जनताको सत्रुलाई !
उस्कै नाउँको पछिल्तीर गद्दार ज्यानमारा लेख्योस् !!
.
मीरा थापा
माइधार, झापा

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com