बैशाख २१,
चित्रकार लियोनार्दो दा भिन्चीद्वारा पाँच सय वर्षभन्दाअघि बनाइएको मोनालिसाको चित्र संसारमै अहिलेसम्मकै प्रसिद्ध मानिन्छ। यो तस्बिर विश्वमै सबैभन्दा बढी प्रतिलिपि उतारएिको चित्र पनि हो। त्यति मात्र होइन, बढी लेखिएको र गाइएको विषय पनि मोनालिसा नै भएको दाबी पनि गरन्िछ।
पेरसिस्थित लुभ्र संग्रहालय पुगेपछि यस्ता दाबीहरू सत्य हुन् कि भन्ने लाग्छ। संग्रहालयमा ३५ हजारभन्दा बढी विभिन्न खाले प्राचीन पेन्टिङ् र मूर्ति संग्रहित छन्। तर, ६० हजार ६ सय वर्गमिटर क्षेत्रफलमा फैलिएको विश्वकै ठूलो संग्रहालयमध्येको यहाँ मोनालिसा सयौँ वर्षपछि पनि उत्तिकै आकर्षणको केन्द्र रहेछ।
मोनालिसा हेर्न लागेको घुइँचो छिचोल्दै नजिकबाट तस्बिर लिन हामीलाई करबि एक घन्टा लाग्यो। मोनालिसा महिला थिइन् वा पुरुष ? यसबारे विभिन्न तर्कवितर्क हुँदै आएका छन्। ३० इन्च लम्बाइ र २१ इन्च चौडाइ रहेको मोनासिलाको वास्तविक पेन्टिङ् विभिन्न कोणबाट हेर्दा मलाई भने उनी एउटी सुन्दर महिला नै लागिन्। निर्मला श्रेष्ठ;
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै