भारततर्फ जाँदै गरेका सुर्खेत र दाङका ७ स्कुले बालकको उद्धार I

नेपालगन्ज, जेठ ७,

घरबाट भागेर जोखिमपुर्ण कामका लागि भारत तर्फ जादै गरेका ७ स्कुले बालकलाई बाँँकेको सिमाबाट उद्धार गरिएको छ ।

लगातारको बन्द हड्तालले विद्यालय नखुलेपछि सुर्खेत र दाङका स्कुले बालक जोखिमपुर्ण कामका लागि भारत तर्फ जाँदै गरेको अवस्थामा माइती नेपालले संस्थाले उद्धार गरेको हो ।

स्कुले पोसाकमै रहेका उनीहरुको उद्धारपछि केहीलाई अविभावकको जिम्मा लगाएर घर पठाईसकिएको. र केहिलाई पठाउने तैयारी भैरहेको माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोईरालाले जानकारी दिनुभयो ।

४ जना १२ वर्षका र ३ जना १४ वर्षका बालकहरु कक्षा ५ देखि कक्षा ९ सम्मका विद्यार्थीहरु हुन ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com