चिहानको थोरै नाप बाँकी रह्यो I


चरी आयो उडी गयो पञ्जा छाप बाँकी रह्यो !
उजाड वनका पाखा भित्ता ठुटा काप बाँकी रह्यो !!

प्रकृतिको गहनालाई मान्छेले नै लुटे पछी !
सन्ततीको छाती पोल्ने तातो राप बाँकी रह्यो !!

भाईचारा र मानवता मरेपछी दुनियाँमा !
पापी सँगै यो धर्तीमा केवल पाप बाँकी रह्यो !!

ए मनुवा धन कमाई थाक्यौ भने यता आउ !
अब केवल चिहानको थोरै नाप बाँकी रह्यो !!
.
मीरा थापा
माइधार झापा
हाल,  इजराइल

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com