बैशाख ३१ ,
सुनका गर-गहना प्रति आकर्षित हुने कारण:-देश गरीब कमजोर हुनु, सामिजिक सुरक्षा नहुनु, भविष्य प्रतिको चिन्ताले वा आइपर्न सक्ने समस्या बाट मुक्त हुन सक्ने भरपर्दो बिकल्प हुनु,पैसा भएर पनि लगानी गर्ने ठाउ र वातावरन नहुनु ।
अर्को - सामजमा देखाउनु पर्ने देखावटी सस्कार, खोक्रो आडम्बर, गलत परम्परा,कुसस्कृति (सुन पानि छर्किनु पर्ने) र बिहेमा सुन दिनैपर्ने परम्परा आदी। अब यसले देशको अर्थब्यवथामा पार्ने.प्रभावका बारेमा म आफुले (युरोप देखि र अहिले इजरायल सम्म) कर्मथलो बनाएर बसेको अनुभव बाट केहि देखेका,अनुभव गरेका कुराहरु ब्यक्त गर्दैछु।
पश्चिम विकसित देश (युरोप-जर्मन,बेल्जियम,फ्रान्स आदि), अमेरिका लगायल दक्षिण अमेरिकी मुलुक(ब्राजिल,अर्जेन्टिना..आदि) र इजरायलमा पनि सामान्यता महिलाहरुले सुनका गहना लगाएको देखिएन,समय लगाएर धेरैले मेकअप गरेको पनि देखिएन। साधारण कपडा, समान ढंगका लुहाई र परिहनमा महिलाहरु औपचारिक अनौपचारिक कार्यक्रमका भेटिन्छन्।
तर, नेपालका महिलालाई (बिषेशगरी शहरीया,उच्च वर्गिय र उच्च मध्यम वर्गिय महिलाहरु मा---हुँदा खाने भन्दा पनि हुने खाने वर्ग मा) अत्याधिक गहना लगाउनुपर्छ र अरुलाई देखाउनु पर्छ, परिहनका किसिम पनि महंगो नै हुनैपर्छ, मेकअपमा समय खर्चनुलाई आफ्नो शानठान्छन्। तर त्यसले गर्दा राष्ट्रको चालु सम्पति स्टक हुनजान्छ। त्यसले तेश्रो पुजीको निर्माण गर्दैन, वरु ह्रास ल्याउछ।
नागरिकको समय पनि अनुत्पादक क्षेत्रमा खर्च हुन्छ। एउटा ब्यक्तिमा आएको ह्रास र ब्यक्तिमा सम्पति स्टक हुनजादा समग्रमा राष्ट्रको पुजी एकैस्थानमा स्थीर हुन्छ। पहिरन गर्न सक्ने धनी हुनपुग्छन् तर राष्ट्र त गरिव पो हुदोरहेछ। त्यसैले ती महिला नागरिकहरु असामान्य ढंगले गहना लगाउदैनन्, महंगो पहिरन र हिरामोती लाउनुमा प्रतिष्पर्धा गर्दैनन्। त्यसले गर्दा राष्ट्रको आर्थिक कारोवारमा मौज्जाद रहादैन, पुजीको तरलता वृदि भएको छ।
जति आर्थिक कारोवार हुन्छ, त्यति अवसर र रोजगारीको श्रृजना हुन्छ, त्यसले तेश्रो पुजीको निर्माण गर्छ। नागरिकले राष्ट्रलाई लगानी गर्नुपर्ने समयको वचत हुन्छ। अन्ततः त्यसले देशलाई समृद्धितिर उन्मुख गराउछ। नेपालमा भने तश्करी गरेरै भएपनि महिलाले सकेसम्मका सुन र हिराका गहना लाउनुलाई प्रतिष्ठा ठानिन्छ। त्यसले ब्यक्तिलाई धनी भनेर परिचय दिन्छ, तर त्यसले राष्ट्रको परिचय गरिव र कंकाल, परजीवि भनेर अर्कोतिर दिइरहेको कुरालाई हामीले ख्याल गरेकै छैनौं।
अब हामिले पनि यस बारेमा केहि सोच्ने हो कि ? यसलाई सकारात्मक रुपमा लिन सके केहि हद सम्म देशको पनि भलो हुन्छ,देश बलियो भए रुपमा लिन सके केहि हद सम्म देशको पनि भलो हुन्छ,देश बलियो भए देशबासी लाई पनि कसैले हेप्न सक्दैनन र कुनै पनि राजनीतिक मुद्दा मा बिदेशीको मुख नताकीकन आफ्नो देशको बारेमा आफै निर्णय गर्न सक्ने क्षमता को बिकाश हुदा हामि जनताहरु पनि शिर ठाडो पारेर हिड्न सकिन्छ.।
अन्त्यमा:-अहिलेको हाम्रो नेपालको संक्रमणकालिन अवस्थामा यस बारेमा कसैलाई पनि सोच्ने फुर्सद नभएपनि यो बिषयको बारेमा कुनै न कुनै दिन त हामीले सोचेर अगाडी बढ्नै पर्छ ! यहाँ फेरी सवाल उठ्न सक्छ,के हामीले गहना नलगाउदैमा देशको प्रगति हुने हो र?वा त्यत्रो भ्रष्टाचारी हरु लाइ जेल हाल्न नसक्ने ?? आदि आदि (यहा बिशेष गरि उच्च बर्गीय र उच्च मध्यम वर्गीयहरुको बारेमा चर्चा गरिएको हो जो अत्याधिक,हिरा,मोति,सुन, वा गहनाका शौकिन हुन्छन)।
राष्ट्रको भलो हुने कुनै पनि कार्य, जो आफुले गर्न सकिन्छ त्यस्तो कार्य आफु बाट हुदैन भने अरुलाई गालि गर्ने ,दोष दिने अधिकार पनि हामीमा हुदैन।विकशीत राष्ट्रहरु त्यसै समृद्द भएका होइनन वा सरकारले गर्दा मात्रै भएको भन्दा पनि त्यहाका नागरिकहरुले आफु एक नागरिक हुनुको कर्तब्य निभाएकाले पनि हो ।के हामीले नागरिक हुनुको कर्तब्य निभाउने पनि कि खालि सरकारले यसो गरेंन उसो गरेंन भनेर दोष मात्रै थोपर्ने..?? सोच्नु होला ।
जगन कार्की :
झापा, हाल इज़रायल :