
भरिपूर्ण प्राकृतिक सुदरताले हाम्रो प्यारो देश कु-बिचारको तुवालोले ढाकिएछ ,,
सदियौदेखि नौ रंगी फुल्ने फुलबारी आज थाहै नपाइ भाग-बण्डामा बाडिएछ ,,
तेरो र मेरो भनि गिद्ध झैँ लुछा-लुछ गर्दै आमाको आँखामा आँशु पारेछन ,,
स्वार्थीहरुको स्वार्थ पुरा नहुँदा पिएको दुधको कोख बाट अन्तै बस्ति सारेछन ,,
सडकभरि गरिब मानब पिण्डको बलि चढाई स्वर्गीयानंद लिन कसरि सकेका,,
आमाको आत्मा रुवाइ-कन रमले सिंचित मिठो हाँसो कसरि हास्न सकेका ,,
जन आस्था र विस्वाशलाई सिडी बनाइ स्वार्थको सगुन भरे नेताहरुले ,,
पटक-२ छारो हानि जनताको आँखामा सफलताको शिखर चडे नेताहरुले ,,
कुन वृत-चित्त तत्वको खेलहो राष्ट्रिय शानको भेष(दौरासुर्वाल) फेरिंदै छ रे,,
उदीप्त अनि निराशाले मातृ-भूमी रुँदा निर्दोष शेरेहरु जेलमै शेरिदै छन रे ,,
हाहाकारछ चारैतिर बिरक्तिँदो आशा बार-२ मर्दै जनता फेरी जिइ नै रहेछन,,
महंगाईको मार खेप्दै गरिबीको विवस झिरमा बेरिँदै बाध्यातामा खीइ रहेछन,,
त्यो लालचकपूर्ण स्वर्गीयानंद चाहिएको छैन शुखानंदको एक-मुठी शास फेर्न पाउँ,,
बिना-कुनै त्रास त्राहिमाम निर्धक्क भै जीइ इज्यात ढाक्ने एक-त्यान्त्रो लाउन पाउँ,,
सुनिता राइ (यसिन)
काठमाण्डौ, हाल इज़रायल :