मानब ब्यबहार र सोच (लेख) I


बैशाख २७,

असल मानव व्यवहारमा सबैभन्दा महत्वपूर्ण बस्तु भनेको सकारात्मक सोचाई तथा सकारात्मक व्यवहार हो। कुनै कुनै व्यक्ति जतिसुकै राम्रो कुरालाई पनि नराम्रो दृष्टिकोणले हेर्ने हुन्छन्। सकारात्मक कुरालाई पनि नकारात्मक र शंकाको दृष्टिले हेर्ने गर्दछन्।त्यस्ता मानिसको दिमागमा कुतर्क भरिएको हुन्छ।

त्यसैले झनक्क रिसाउने, शंका उपशंकाले हेर्ने, अरुको कुरा सुन्ने। जतिसुकै सुख र सुविधा भए पनि उपभोग गर्न नजान्ने र नकारात्मक भावनाले मात्र सोची रहने व्यक्ति यस समूहमा पर्दछन्। त्यस्ता व्यक्तिहरु हिंस्रक पशुयोनिबाट मानवमा जन्म लिएका हुनाले त्यस्ता प्रवृत्ति भएको हो। यस्ता
प्रवृत्ति र व्यवहार हटाउन मानव शिक्षाको नितान्त आवश्यकता पर्दछ।

मानव व्यवहार असल बनाउनको लागि कहिल्यै झुठो कुरा गर्नु नहुने, अरुको चुक्ली लगाउने काम गर्नु नहुने, अर्काको चित्त दुख्ने कुरा गर्न नहुने, अरुलाई मर्का पार्ने वा शोषण गरी आफूले लाभ लिन नहुने, अनावश्यक र व्यर्थको कुरा गरी समय खेरा फाल्नु नहुने ज्ञान लिनु नै मानव शिक्षाको महत्वपूर्ण अंश हो। साभार-जगन कार्की:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com