छोरी नै छोरी (लेख)

बैशाख २८,

हाम्रो जस्तो अबिकसित र रुधिबादीले ग्रसित समाजका कुनै पनि परिवारमा सन्तान जन्माउने कुरा हुँदा हरेक ब्यक्तिको मुखबाट पहिले छोराको नाम आउछ जब कसैको गर्भ बाट छोरीको जन्म हुन्छ त्यो परिवारको सदस्य हरुको अनुहारमा देखाओटी खुशी देखियपनी कता कता मन भित्र तुस रहिरहेकोहुन्छ|चाहे त्यो जतिसुकै शिक्षित परिवारनै किननहोस्|यहा कसै कसैले छोरीको चाहना पनि गर्छन् जसको पहिले नै छोरा भाईसकेको हुन्छ अनी मात्र छोरीको आशा गरियको हुन्छ|

हिजोआज बिज्ञान् को उपलब्धै सँगै धेरै कुरामा परिवर्तन आयको छ,यो बिषयमा पनि बिज्ञान ले हामीलाई अछुतो बनायको छैन आज गर्वाअवस्थामा हुँदा नै हाम्रो गर्वमा रहेको भ्रुण परिक्षण गरेर छोरा वा छोरी के छ भनेर थाहा पाउन सकिन्छ|हरेक क्षेत्रमा बिज्ञानको उपयोग र दुरुपयोग भय झै यहाँ पनि हामीले यसलाई दुई किसिमले प्रयोग गरिरहेका छौ|मैले उपयोग को बारेमा त भनेर सक्दिन बिज्ञानले हामीलाई धेरै कुर दियकोछ|

मेरो प्रसँग यहाँ भ्रुण हत्या सम्बन्धमा हो किन हामी त्यो आँखा नै उघ्रिन नपाउदै गरेको कोपिला निमोठिदिन्छौ के दोस नै थियो र यो संसार मा पाएला नै टेक्न नपायको त्यो कोपिलाको किन हामीले उसको फुल्ने सार्बभौमिक अधिकार खोस्छौ?बस! उसको दोस उ स्त्री लिंगी हुनु हो?

हामी अभिभाबकको पहिलो स्वार्थ भनेको छोरा भैइदिय भोली आफुले नसक्ने बेलामा बुदेशकालको साहारा बनेर हेरचाह गर्छन भन्ने हो के त्यो काम छोरीले गर्दैनन र ?विबाह गरेर जाने जात उ त पराइ घर गैहाल्छ नि भनेर आफ्नै सन्तान लाई आँफैले दुई भाग मा बिभाजन गर्नु जस्ताइ हैन र?छोरी भनेको विबाह नगरुन्जेल सम्मको लागि मात्र हो र?

यदी हामीले हाम्रो सन्तान चाहे त्यो छोरा होस् वा छोरी राम्रो अभीभावक्त्वो, नैतीकशिक्षा अनी सामाजिकदायित्वो बोध गराउन सक्यौ भने तिनिहरुनै समाजमा अगाडि बद्छन|छोरा हुँदैमा के नै निश्चित छ र बुढेसकालको साहारा बन्छ भनेर यदी हामीले उसलाई राम्रो आचरण दिन सकेनौ उ कुबाटो मा लाग्यो भने त्यो हाम्रो जिबनको सबैभन्दा घातक अनी कष्ठपूर्ण बोझ बन्नसक्छ तेसैले छोरा होस् वा छोरी जे सुकै भयपनी शिक्षित,नैतीकवान अनी सामाजिक उत्तरदायित्वो बाहक सन्ततिको अपेक्षा र चाहना गरौ त्यो नै तपाईंको सन्तान सुख हुनेछ|


अर्कोतर्फ धार्मिक कुरा पनि आउन सक्छ,हाम्रो हिन्दू धर्ममा त छोरीलाई सात्क्षत देवी नै मानियको छ फेरी किन यसमा द्विबिधा?आज समाजका हरेक पाइलामा महिला पनि पुरुष सरह कांध मा कांध मिलायर हिडिरहेका छन समयको बिकास सँगै उनिहरुपनी आफुलाई परेको ठाउमा खरो उभ्याइरहेका छन|दाग बत्ती देखी लियर काज-कृया जस्ता पुरुषहरुको बाहुल्य रहेको धार्मिक गतिबिधीमा बिस्तारै आफ्नो पहुंछ बिस्तार् गर्दै छन|हाम्रो सरकारले पनि महिलाहक र हितको लागि भनेर उनिहरुको पक्षमा धेरै नियम कानुन बनैरहेको छ आजको 21 औ सताब्दिमा महिला हरुपनी पुरुष सरह छन भन्ने कुरा मैले धेरै उदाहरण दिरहनुनपर्ला|


मानब उत्पती बिकासक्रममा पनि महिला पुरुष भन्दा बिकसित भयको ठहर छ,मानसिक रुपमा महिला पुरुष भन्दा धेरै सहनशिल हुन्छन,आफ्नो परिवार र समाज प्रती उत्तरदायी हुन्छन सबै भन्दा ठुलो कुरा यो स्रीस्टि अनी मानब बिकासचक्र को लागि नारी एकदमै महत्वपूर्ण अंग हो के नारी बिना यो संसार चल्छ र?यदी सबै ले छोरा जन्मायर म आफ्नो बंश बिस्तार् गर्छु भन्ने हो भने त्यो सम्भब होला?

अन्त मा छोरा छोरी जे भय पनि हाम्रै सन्तान हुन उनिहरुलाई राम्रो शिक्षा अनी राम्रो बातावरण मा हुर्कायर देश र समाज को लागि केही गर्न सक्ने असल नागरिक बनाउ यो नै तपाईंको मात्र हैन देश को भबिस्य को लौरो बन्छ जुन लौरो टेकेर देश बिकास तर्फ लम्कन साहारा हुन्छ .

कुमार दाहाल :
हेटौडा-६, मकवानपुर :
हाल इज़रायल (जेरुसलेम)

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com