नदेख्दा मुटु दुख्छ देख्दा नि मन रुन्छ
अँगालोमा बाँधिएर रोइ रहौँ झैँ हुन्छ
.
मन मात्रै एउटै भैयो बाँच्नु पर्दा बेग्लै
कति बाँचौं लाग्छ सानु संधै एक्ला एक्लै
तिम्रो बोलि सुनी रहौं लाग्छ मिठो धून्छ
अँगालोमा बाँधिएर रोइ रहौँ झैँ हुन्छ
-
शुन्यतालाई चिरी बस्छु सधैं रात पर्दा
भिज्या हुन्छ परेली बिहान शित झर्दा
ढाँट्या हैन हेर सानु साक्षी तारा जून्छ
अँगालोमा बाँधिएर रोइ रहौँ झैँ हुन्छ
-
नदेख्दा मुटु दुख्छ देख्दा नि मन रुन्छ
अँगालोमा बाँधिएर रोइ रहौँ झैँ हुन्छ
-
राजेश रुम्बा लामा 'अतृप्त'