इज़रायाल खुल्यो भन्ने हल्ला निराधार- राजधुताबास I

बैशाख २६,

पुष्प श्रेष्ठ
तेलअभिव इजरायल,

इजरायलमा नेपाली कामदारको माग भन्ने हल्ला मात्र हल्लाको पछि नलाग्न सबैमा अनुरोध :

केही दिन देखी इजरायल लगाएत नेपालमा इजरायमा कामदारको माग भयो भन्ने हल्ला निराधार भएको नेपाली राजदुताबास इजरायले जनाएको छ ।
इजरायलका लागी मिनिष्टर काउन्शिल तथा डेपुटी चिफ मिशन रमेश प्रशाद खनाल सँगको अनौपचारीक भेटमा आज सो जानकारी दिनु भएको हो ।

उहाँका अनुसार बिगत केही बर्ष देखी इजरायलमा नेपाली कामदारहरुको सहज प्रबेशका लागी नेपाल सरकार र इजरायल सरकारले न्युन रकम लिएर नेपाली कामदारहरुको पक्षमा सहज प्रबेशको वातबारण मिलाउन ल्याइएको प्रक्रियामा भएको कमि कमजोरीको पहिचान गरि सहज रुपमा कामदारहरुको आवागमनका लागी बाटो खुलाउन इजरायल सरकारको तर्फबाट सो प्रक्रियाको बारेमा अध्धायन गरिरहेको र सो प्रक्रियामा देखिएका कमि कमजोरीको पहिचान गरि चाडै थप प्रक्रिया अगाडी बढाउने भनिए पनि हाल सम्म नेपाली राजदुताबासलाई जानकारी नआई सकेको ले बजारमा चलेका हल्ला निराधार भएको बताउनु भएको छ ।

 नेपाल लगाएत इजरायलमा समेत इजरायलमा कामदारका लागी खुल्यो भनेर पटक पटक हल्ला चल्ने हल्ला सँगै सयौ मान्छेहरु आफना आफन्तहरुलाई कामदारको रुपमा ईजरायल प्रबेश गराउन लाखौ रुपैया दलाल मार्फत बुझाउने भएको ले सयौ नेपाली आज पनि ठगीई रहेका छन् । यस्ताहल्लाको पछि नालागी यर्थात केहो बुजेरमात्र रकम लगानी गर्न उहाँले अनुरोध समेत गर्नु भएको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com