काठमाडौं, जेष्ठ ६ ,
चेतबहादुर सिंग :- हनुमानढोकाभित्रको नासलचोकमा शुक्रबार रुद्रायणी (सिकाली) नाच प्रदर्शन भएको छ । सिकाली नाचको १२ वर्षे मेलाको अवसरमा विबहीबार रातिदेखि सुरु नाच शुक्रबार सकिएको हो ।
यो उपत्यकाको ऐतिहासिक नाच हो । सिकाली नाचको १२ वर्षे मेलामा काठमाडौंमा हनुमानढोकादरबार क्षेत्रको ३ ठाउँ, मरुटोलको सिंल्यू सतः डबली, वंघः र लगन चोकको डबलीमा नाच प्रस्तुत गर्नुपर्ने नृत्यका नाइके कान्छा महर्जनले बताए । १२ वर्षे मेलाको लागि पोसाक, गहना मुकुन्डो आदि बनाउन र भोज लागि सरकारबाट २० लाख रुपैयाँ आर्थिक सहयोग प्राप्त गरेको पनि उनले बताए ।
नृत्यमा देवगण र मानवलाई दुःख दिई सताइरहेका महिषासुर दैत्यलाई मार्न शक्ति कुमारले टिंकल द्वारपालको रूप धारण गरी फकाई ल्याएको र महालक्ष्मीले त्यस दैत्यको वध गरेको रोचक दृष्य छ । नृत्यको अन्त्यमा कुमारी, भैरव, वाराही र कालीको संयुक्त नृत्य प्रस्तुत गरेका थिए । ती देवी-देवतालाई सरकारका तर्फबाट एउटा राँगा बलिका साथ पूजा अर्चना गरेका थिए ।
नुत्य प्रस्तुत गर्न सिकाली नाचका पात्र देवगणहरू भैरव, रुद्रायणी, बालकुमारी, गणेश, ब्रह्मा, विष्णु, महेश्वर -महादेव), इन्द्रायणी, वाराही, चामुण्डा, काली, महालक्ष्मी, कुमार, महिषासुर दैत्य आदि आफ्ना मुकुण्डो, पोसाक र गरगहना लगाई बाजागाजाका साथ बिहीबार राति काठमाडौं एका थिए । टेकु पचली भैरवको अगाडि रहेको सिकालीदेवी दर्शन परिक्रमा गरी नेसनल ट्रेडिङको भवन अगाडि चलखुमा पुगेका थिए । त्यहाँ उनीहरूलाई लशकुश -स्वागत) गर्दै सुनचाँदीको ढोकाबाट भित्र्याई स्वताँमुग गल्लीबाट मुसुँबहाल (बाह्रवर्षे इनार) मा रहेको अर्को सिकालीदेवीको दर्शन परिक्रमा गराई ह्युमतः, जोशीदेवल, भीमसेनस्थान, मरु हुँदै हनुमानढोका दरबारमा रहेको नासलचोक भित्र्याएका थिए । प्रचीन सुनको ढोका इटुँबहालबाट ल्याइएका थिए ।
नासलचोकमा रहेको डबलीमा नृत्यनाथको स्थापना गरेपछि अष्ट भैरको नृत्य प्रस्तुत गर्दै बिहीबार रातिदेखि नृत्यको सुरु गरेका थिए । नृत्यमा ८ जनाले पोंगा, २ जनाले खीं ४ जनाले ताः बजाएका थिए । अरू बाजामा भाग लिने कलाकारहरूले नगरा र म्वालीको साथ टजनाले काहा बाजा बजाइरहेका थिए । नासलचोकभित्र दर्शहरू निकै ठूलो संख्यामा जम्मा भएका थिए ।
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै