बिभिन्न प्रलोभनमा नेपालि चेली भारत पुर्याईन्छ I

इलाम, जेष्ठ ०६,

पछिल्ला तीन वर्षमा पशुपतिनगर नाका भएर एक सय नौ नेपाली युवति वेपत्ता भएको एक तथ्याङ्कले देखाएको छ। माइती नेपालले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्कमा दलालहरुले वैदेशिक रोजगारीको प्रलोभन देखाएर यी चेलीलाई भारततिर लगेर बेपत्ता बनाएको हुनसक्ने उल्लेख छ।

उनीहरुमध्ये ३१ जना माइती नेपालको सम्पर्कमा आएका छन्। पशुपतिनगर र त्यस आसपासको बाटो हुँदै सन् २०११ मा ३० युवति हराएका थिए। उनीहरुका आफन्तले दिएको उजुरीका आधारमा खोजी गर्दा ती मध्ये छ जना मात्र फेला परेका छन्। अघिल्ला वर्षहरुको तुलनामा फेला पर्नेको संख्या थोरै भएपछि चेलीबेटी हराउनेको संख्या बढ्दै गएको माइती नेपालले जनाएको छ।

माइती नेपाल पशुपतिनगरका संयोजक होम ढकालले २००९ मा ३६, २०१० मा १६ र २०११ मा १९ युवती घरेलु हिंसाको शिकार भएको पनि जनाए। नेपालबाट भारत जाने संकास्पद गाडीहरु पनि जाँच गरिरहेको बताइएको छ। वैदेशिक रोजगारीमा साउदी, कतार, दुवई, लेबनानजस्त मुलुकमा पठाइ दिने बहानामा दलालहरुले महिलाहरुलाई सीमावर्ती क्षेत्र हुँदै भारत लैजाने गरेको ढकालले बताए। नागरिक:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com