यौन दक्षताको जानकारी अब आइ फोनले दिने

जेष्ठ ०६,

गोपाल-मरासिनी :- यौनसम्पर्कका बेला पुरुष वा महिला दुवैले आफ्नो यौन दक्षता प्रस्तुत गर्दै यौन सुख दिने विभिन्न उपाय अपनाउँछन्। उनीहरू यौन क्रियाका बेलामा आफ्नो यौन दक्षता कस्तो रह्यो वा आफ्नो यौन साथीको यौन दक्षता कस्तो थियो भन्ने कुरा पनि जान्न उत्सुक हुन्छन्।

यद्यपि उनीहरू यौन क्रियाको दक्षता पत्ता लगाउन असमर्थ रहन्छन्। यौन सम्पर्कका बेला आफ्नो यौन दक्षताको मूल्यांकन गर्न चाहनुहुन्छ अथवा यौनसम्पर्कका बेला आफ्नो यौनसाथिको दक्षता थाहा पाउन उत्सुक हुनुहुन्छ ? अब निश्चित हुनुहोस्, प्रविधिमा आएको ठूलो परिवर्तनका कारण मानिसको त्यस्तो दक्षता थाहा पाउन सकिने भएको छ।

आइफोनबाट प्यासन नामक सफ्टवेयरको मद्दतले यौनसम्पर्कका बेला आफ्नो यौन कलाका बारेमा जान्न र आफ्नो तथा पार्टनरको क्षमता मूल्यांकन गर्न सकिन्छ। यौन कलाको मूल्यांकन गर्ने इच्छा लाग्यो भने आइफोनमा भएको प्यासनयुक्त सफ्ट्वेयर यौनक्रीडास्थल वा छेउमा राख्नुपर्छ।

यसलाई घाँटीमा भिर्न वा पेटीको सहयोगमा कम्मरमा पनि बाँध्न सकिन्छ। प्यासन सफ्टेवयरले तीनवटा आधारमा यौन क्रियालाई मूल्यांकन गर्छ। आइफोनबाट एस्सिलरोमिटर तथा माइक्रोफोनको माध्यमबाट व्यक्तिको यौन क्रियाको मूल्याकन हुन थाल्नेछ। आइफोनमा भएको प्यासन युक्त सफ्टवेयरको मद्दतले आफ्नो यौन क्रिया राम्रो, अति राम्रो, खराब वा अति खराब के छ थाहा पाउन सकिन्छ।

मूल्यांकन विधि

यौन क्रियाका बेला कत्तिको चिच्याउनुहुन्छ ?

कति लामो समय सम्म यौन क्रियामा सामेल हुन सक्नुहुन्छ ?

यौन क्रियाका बेला कस्तो गतिमा हुनुहुन्छ ?

स्कोर यौन क्रिया सकिएपछि प्यासनयुक्त आइफोनले दिनेछ।

कसरी थाहा पाउने ?

प्यासन युक्त आइफोनले यौन क्रियाको मूल्यांकन १० पूर्णांकमा गर्छ।

१ देखि १० नम्बर सम्ममा कुनै एउटा नम्बर प्राप्त हुनेछ।

हरेक नम्बरसँगै मूल्यांकन जनाउने वाक्य लेखिएको हुन्छ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com