गज़ल I


मुस्कान यो झर्दैछ आई हँसाईदेउन साथी
यहाँ देश मर्दैछ आई बचाईदेउन साथी

कामज्वरो आएर थरथराएको छ मेरो देश
स्थेस्कोप ल्याई ढुकढुकी जचाँईदेउन साथी


ग्रहदशा बिग्र्यो क्यारे,नक्षत्रमा खोट छ कि?
निशाना त्यो मारी , शनी खसाईदेउन साथी

रिस् राग,हत्या हिंसा,भलो कस्को होला यहाँ?
प्रेमले नै जित्ने विचार पसाइदेउन साथी

कहाँ गैईन्?कता गैईन्?अदृश्य छ शान्ती किन?
शान्ती खोजी स्वप्न संसार् बसाईदेउन साथी

राजेश रुम्बा लामा 'अतृप्त'

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com