गज़ल I


तिम्रो इश: अल्लाह र ॐ कारमा हुन्छ !
खोज्छु म त गरीबको संघारमा हुन्छ!

सबै हास्छन आँशु देख्दा र त बगाई दिन्छु !
मेरो खुशी आँशु किन्ने बजारमा हुन्छ!

बगी जान्छ पानी सबै समुन्द्रमा मिल्न !
त्यो नदीको इतिहास त किनारमा हुन्छ !..

माटो सँग मुटु जोडी माटो बन्दछ जो !
मर्दैन त्यो युँगौं सम्म संसारमा हुन्छ!
.
मीरा थापा
माइधार झापा
हाल_इजरायल

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com