काठमाडौँ, जेठ २-,
ज्येष्ठ नागरिक मीनबहादुर शेरचनले सर्वोच्च शिखर सगरमाथा पुनः आरोहण गर्ने घोषणा गरेका छन्।
सिनियर सिटिजन फाउन्डेसन नेपालद्वारा आज यहाँ आयोजित एक कार्यक्रममा उनले विश्वमा बढ्दै गएको विनाशकारी हतियारको विनाश गर्नुपर्छ भन्ने अभियानलाई विश्वसमक्ष पुर्याउने अभियान लिएर यही सन् २०१२ भित्र सर्वोच्च शिखर आरोहण गर्न लागेको बताए।
८२ वर्षीय शेरचनले भने- मैले ७७ वर्षको उमेरमा सगरमाथा सफल आरोहण गरेर विश्व कीर्तिमान राखेको छु, त्यस रेकर्डलाई म तोड्न चाहन्छु, यस कार्यमा सहयोग गर्न म सबै समक्ष अनुरोध पनि गर्दछु। रासस :
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै