हाम्रो मन संग मन र पन सँग पन मिलाउ I

संविधान निर्माणको सँघारमा समाजका विभिन्न तह-तप्का र कुना-कन्दराबाट निस्केका अनेकन अपेक्षा सडकसम्म आइपुगेका छन्। संक्रमणको यस घडीमा अधिकार, पहिचान र शक्ति-सामथ्र्य मुखरति आन्दोलनहरू चलिरहेका छन्।

आन्दोलनका स्वरूपहरू कतै कडा र कतै शान्तिपूर्ण या नरम प्रकृतिका छन्। यही सिलसिलामा आएका केही खबरले नेपालीको मन चिमोटेको छ। सदियौँदेखि सँगै रुने, सँगै हाँस्ने र सँगै हातेमालो गर्ने संस्कार र परम्परा बोकेका हामीलाई आफैँद्वारा सिर्जित यस्ता खबरले दुःखी तुल्याउनु शुभ होइन। खुसीको कुरा होइन।

सामाजिक सद्भाव नेपाली समाजको सबैभन्दा महत्त्वपूर्ण गुण हो। यति मात्र होइन, हाम्रो सौन्दर्य र सम्पत्ति पनि यही हो। बन्धुत्व, सद्भाव र प्रेमको पृष्ठभूमिमा जन्मेहुर्केका हामी आन्दोलित हुँदा हाम्रा आफ्ना विशेषता र गुणहरू पनि आन्दोलनमा प्रतिविम्बित हुने गरेका छन्, हुनुपर्छ। त्यसले हामीलाई अरू उँचो पाररिहन्छ।

हो, समाज गतिशील हुन्छ। सापेक्षमा समाजभित्रका जातजाति, वर्ग र तप्काका आवश्यकता र सपनाहरू पनि परविर्तनशील हुन्छन्। हाम्रा आफ्नै खालका अप्ठ्यारा र दुःखहरू छन्, आफ्नै खालका सम्भावनाहरू पनि छन्। वास्तविकताको यो आलोकमा उभिएर आन्दोलित हुँदा हामीले कहिल्यै पनि धैर्य गुमाएका छैनौँ। विगतका ठूल्ठूला आन्दोलनमा पनि आन्दोलनका धर्म निर्वाह भएका छन्।

शान्तिपूर्ण र सिर्जनशील शैलीमा मुखरति हुँदा पनि परविर्तन सम्भव छ भन्ने तथ्य पटक-पटक प्रमाणित भइसकेको छ। त्यसैले 'भाइ फुटे गँवार लुटे'को तहमा पुगियो भने त्यो हामी सबैका लागि अभिशप्त हुनेछ। संक्रमणकालको फाइदा उठाएर विभिन्न खेमा, तप्का, जात र वर्गका नाममा सामाजिक सहिष्णुताका काँटा-कब्जा खुकुलो पार्नेहरूसँग सचेत हुनैपर्छ। लहैलहैमा लागेर सद्भावका सीमाहरू मिचिएको अवस्थामा कसैले पनि केही जित्ने छैन, यो निश्चित छ।

यस महत्त्वपूर्ण घडीमा संयमता अपनाउने दायित्व राजनीतिक दल, विभिन्न पेसागत संघसंगठन र नागरकि समाजको पनि हो। परविार जोगिए समाज जोगिन्छ, समाज जोगिए देश जोगिन्छ, देश जोगिए हामी सबै जोगिन्छौँ। हामीबीचको सौहार्दता र पहिचान जोगिन्छ।

हाम्रा जातीय, धार्मिक, सांस्कृतिक, आर्थिक र प्राकृतिक विविधता पनि जोगिन्छन्। यो जोगाउने बेला हो, फुटेर ध्वंश गर्ने बेला होइन। त्यसैले गम्भीर र सकारात्मक भएर निर्माणको बाटो तय गर्नु छ। सद्भावलाई शिरमा राखेर अघि बढ्नु छ। आउनूस्, समृद्ध र समुन्नत नेपालका लागि हातसँग हात र मनसँग मन मिलाऔँ। स्रोत-नेपाल :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com