मातृभूमी -३ (कबिता) I



सन्तान त हामी एकै आमा हौँ तर बिचार धेरै फरक भो :
भात त हामीले एकै भाडाका खायौं तर खुवाई फरक भो :

पानी हामीले एकै मुहानका पियौं मात्र अन्जुली फरक थियो :
दुध त हामीले एकै आमाका पियौं मात्र हाम्रो मुख फरक थियो :

हेर्ने आँखा त सबैको एकै हो तर हाम्रो बुझ्ने मन फरक भो :
गर्ने मेहनत त इनै हातहरु हुन् तर अनुभूतिहरु फरक भो :

विखण्डितको बिधंश मागले मातृ भुमी आज रुन्दै छिन :
बिच्छिप्तियेर निस्किएका आँशुले उनि पीडाहरु धुँदै छिन :

कति टल्काउ मनको कालो सगरमाथाको सेतो हिउले ?
कति पखालौ दृष्टिको दाग स्वार्थ पुरा गर्ने निहुले :

सुनिता राइ (यासिन)
काठमाण्डौं, हाल इज़रायल :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com