गज़ल - जस्तो कर्म उस्तै फल I



बिज के रोप्यौ आखिर फल त्यहि नै फल्दछ
सल्केको झिल्को थप्दछौ घिउ दन्दनी बल्दछ

यस्तो हो आगो न आफ्नो भन्छ न पराई भन्दछ
दन्दनी बल्छ जब त्यो आगो संसारै जल्दछ

शक्ती छ हातमा घमण्डी बन्छौ जित्न नै खोज्दछौ
ए मुर्ख सुन ! नियमबाट यो सृष्टी चल्दछ

हेर्दामा ठूलो त्यो वृक्ष देख्छु खोक्रो पो रहेछ
धमिरा लाग्या वृक्ष त्यो आफै पक्कै नै ढल्दछ

तिमीले खोज्यौ खुसी त्यो गर्न आँखा यो छलेर
नबिर्स तिमी छलियालाई भाग्यले छल्दछ

राजेश रुम्बा लामा 'अतृप्त'

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com