तिमी सँग आएपछी जन्म घरको नाता टुट्यो!
इस्टमित्र नातागोता आफु खेल्ने आँगन छुट्यो!
,
नफक्रिदै झरें कि त ? मर्यादाको नाक राख्न
अलिअली खुशी थियो तर धेरै मुटु दुख्यो |
,
जारि थियो यात्रा मेरो पुग्नु पर्ने कतै टाढा
रहरको खोली भित्र पिरतीको नाउ डुब्यो|
,
बग्दै थियो जिन्दगानी बाध हाल्दै जाँदै थिएँ
बेमौसमी छाल आई कल्पनाको साहस लुट्यो
,
कल्पना भावुक
काठमाडौँ
हाल इजराएल