महिलाहरुको अवस्था, पिडित पतिहरु र घर सम्हाल्ने आधुनिक पतिहरु - लेख I

बैशाख २८,

एउटा घर चलाउन प्रेम,सदभाव,बिस्वास र इमान्दारी चाहिन्छ,त्यसको अभावमा घर घर रहन्न !त्यहि घर चलाउने महिला जातिलाई कर,बल,छलले आफ्नैको सिकार भएर नेपालका थुप्रै चेली बेचिन्छन,कामका लागि खाडी पुर्याइन्छन,छत बाट हाम्फाल्न बाध्य हुन्छन !

इन्द्रको छलमा परेकि अहिल्यालाई ढुंगा हुने श्राप परेको थियो रे,तिनैलाई मुक्ति दिने रामले सिता त्यागे ,द्रौ...पदीलाई अपमान गरियो,पतिको मृत्यु मा धेरै सति गए,चन्द्र शमशेरले यस्तो कुप्रथा बन्द गराए!!
तर समयको गति सगै केहि सकारात्मक परिवर्तन पनि हुदैछ!!

हाम्रो समाजमा सदियौदेखि श्रीमतीले घरको काम सम्हाल्ने अनि श्रीमानले घर बाहिर गई कमाएर परिवार पाल्ने परम्परा छ । पछिल्लो समय श्रीमानले घरको काम सम्हाल्ने अनि श्रीमती कमाउन बाहिर जाने क्रम केही बढ्दो छ । तर तपाईको श्रीमती के गर्छिन् ? भन्दा जति सजिलो तरिकाले लोग्नेमानिसहरू 'हाउस वाइफ' भन्ने गर्छन्, तर स्वास्नीमानिसहरू आफ्ना बेरोजगार श्रीमानलाई 'हाउस हजबेन्ड' भनी खुलेर भन्न सक्दैनन्!!

परम्परागत रूपमा घरको सबै काम गरी बालबच्चा सम्हाल्नुलाई 'हाउस वाइफ' भनेजस्तै पुरुषहरूले पनि कार्यालयको काम नगरी घरको सम्पूर्ण काम र बालबच्चाको रेखदेख गर्नुलाई 'हाउस हजबेन्ड' भनिएको हो । पश्चिमा मुलुकमा यो कुनै नौलो विषय भएन । बच्चा पाउने काममात्र पुरुषले गर्न सक्दैनन्, अरु जेजस्तो काम पनि पुरुषले गर्न सक्छन् ।

तर हाम्रो समाजमा छोरा जन्मने बित्तिकै यसरी हुर्काइन्छ कि छोरा भएपछि धेरै पढ्नुपर्छ, ठूलो मान्छे बन्नुपर्छ, जागिर खानुपर्छ, धेरै कमाइ गर्नुपर्छ भन्ने खालको शिक्षा सानो उमेरदेखि नै दिने गरिन्छ । त्यसैले कोही पनि लोग्नेमानिस घरको काम गरेर श्रीमतीलाई अफिस पठाउँछ भने त्यो समाजमा नौलो गफ गर्ने विषय बन्छ । घरको काम गरेर बस्दा नामर्द, केही गर्न नसक्ने जोइटिंग्रेको उपमासमेत दिने गरिन्छ ।

अन्त्यमा:-हाम्रो समाजमा पत्नी पिडित पतिहरु पनि प्रशस्तै नभएका होइनन तर समाजमा बेइज्जत हुने डर , पुरुष पनि महिला बाट पिडित हुन्छन ?भन्ने मनाशिकता र यो मामिलामा महिला(पत्नी) को पक्षमा कानुनु अलि बलियो भएकोले(जस्तै पत्नी ले सबै सम्पति कुम्ल्याएर दोस्रो बिवाह गर्दा केहि नहुने तर पतिले गर्दा कानुन लाग्ने वा जेल बस्नु पर्ने,अंश दिनु पर्ने आदि) का कारण ले पनि पत्नी पिडित पतिहरुका घटनाहरु त्यति बाहिर आउदैनन .

जगन कार्की :
झापा हाल-इज़रायल :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com