गजल- मूल सुकेको छ



फस्टाउने बिकाशको मूल सुकेको छ
र त आज जननीको हाँसो लुकेको छ !
,
गर्ब गर्ने ठाँउ छैन आफ्नै सन्तानमा
हेर्दा हेर्दै गोर्खालीको शिर झुकेको छ !
,
तेरो मेरो गर्दा गर्दै हत्या हिँसा बढ्यो
बिना मियो दाइँ गर्दा मेलो चुकेको छ !
,
भाइ भाइ लड्न थाल्दा हेपे पराइले
कठै बारा नेपाली को मुटु दुखेको छ !
,
लौन दाजु लौन भाइ कान ठाडो पारौं
करेसामा छिमेकिको कुकुर भुकेको छ !
,
बिमला {अधिकारी} देवकोटा
चितवन,भरतपुर
हाल ; इजरायल

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com