धर्तीलाई सानो टुक्रा बारी नठान्नु
सृष्टी हाँक्छिन् शक्तिहिन नारी नठान्नु
आफ्नो लागि आफै गर्छिन् स्वाभिमानी छिन्
संगै यात्रा गर्न खोज्दा भारी नठान्नु
सन्तान सामु झुक्लिन उनि परिआएमा
ममत्वको राग भर्दा हारी नठान्नु
सृष्टीको त्यो बगैँचाको अदितिय फूल्
नारी नै हुन् एसेंलुको घारी नठान्नु
उस्तै परे चण्डी बन्छिन् झाक्रो फिजाँई
शत्रु नाश गर्दा निर्दोष् मारी नठान्नु
राजेश रुम्बा लामा 'अतृप्त'