गज़ल


बाटो यता बन्द थियो पुग्नु थियो शहरमा
गन्तब्य खोज्दै थिए भित्र भित्रै रहरमा |

मन्त्र पढ्न अघि अघि अनुहार थुप्रै थिए
टुप्पी पाल्ने मुन्द्रा लाउने धेरै थिए लहरमा ||

गाउँघरको पीडा सुनें सारंगीको धूनमा पनि
कलंकित दाग देखें स्वच्छ त्यो जूनमा पनि |

आखिरमा को नै छ र ? संसारमा दाग रहित्
पित्तलको जात भेटेँ अकबरी सुनमा पनि ।|

कोहि भन्छन भाग्य होइन कर्मको खेल हो
म त भन्छु दुनियामा धर्मको खेल हो ||

जहाँ जान्छु जोगिएर हिन्दा पनि किन ?
ठक्कर नै लाग्छ किन ? मर्मको खेल हो |

निस्वार्थको आशा गरौँ स्वार्थको नै छाप हुन्छ
के भरोशा गर्नु र खै! कसैको नि गुनमा पनि ।|

संसार नै बद्लिएर आफन्त नै बैरी भए
कहाँ साँचो माया हुन्छ? आफ्नै निजी खुनमा पनि ।|

जिन्दगीमा आशा हरु बोकी हिड्ने बानि पर्यो
केहि छैन दिउ भने मायालुको खानि पर्यो ||

एक अर्काको भरोसामा जिन्दगियो चल्दै गर्दा
कसको बिस्वास गरौ अब आफ्नै मान्छे कानी पर्यो ||

सक्कली चिज् हराइे गए नक्कलीकै जगजगी
न्यानो पन भेटिन्न है भेँडाको त्यो ऊनमा पनि ।|

निर्मल कुमार रायमाझी (सेतिपानी झापा नेपाल )
हाल - साउदी अरेवीया को मरुभूमि बाट

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com