जेष्ठ ०८,
पुष्प श्रेष्ठ :- हाल इजरायलको तेलअभिव,नेपाली दुताबास इजरायलमा नयाँदुतका रुपमा महामयिम राजदुत श्री: प्रल्हाद कुमार प्रसाईले आप्नो कार्यभार सम्हाल्न गत साता इजरायल आईपुग्नु भएको छ ।
बिगत लामो समयदेखि इजरायलका लागी नयाँ दुतको रुपमा नेपाल सरकारले महामयिम दुतको रुपमा प्रसाईलाइ नियुक्त गरेको भए पनि इजरायलका लागी महामयिम राजदुत बैजनाथ थपलियाको स्वास्थ्य स्थीती कमजोरभई उपचारको क्रममा इजरायलमानै केही समय रहनु भएकाले उहाँले इजरायल आइ आप्नो कार्यभार सम्हाल्न पाई राख्नु भएको थिएन ।
गत ४ मे २०१२ मा भुतपुर्व महामयिम राजदुत श्री बैजनाथ थपलिया नेपाल फर्कनु भए पछि आप्नो कार्यभार सम्हाल्न महामयिम राजदुत श्री प्रल्हाद कुमार प्रसाई १७ मे २०१२ मा इजरायल आइपुग्नु भएके ा नेपाली दुताबास इजरायल ले जनाएको छ । भुतपुर्व महामयिम राजदुत बैजनाथ थपलियाको स्वास्थ्य स्थीति कमजोर भै अधिकाँस समय उपचारमा रहनु पर्ने भएको ले कतिपय नेपाल सरकार र इजरायल सरकार बिचको कार्यक्रमहरुलाई उहाँले सक्रियरुपमा अगाडी बडान सकिराख्नु भएको थिएन ।
अबको दिनहरुमा नयाँ दुतको इजरायल प्रबेश सँगै सम्पुणर््ा नेपाली कामदारहरुले शुखददिनको आशा गरेका छन् । नेपाली कामदारहरुको सुरक्षित गन्तब्यको रुपमा रहेको मध्यपुर्व इजरायलमा बिगत लामो समय देखि नेपालीकामदारहरुको माग प्राय बन्द रहेका अबस्थामा छ । सयौ नेपालीहरुले इजरायल आउने प्रायस स्वरुप लाखौ रुपैया नेपाली म्यानपावर कम्पनी सँगै दलालीहरु मार्फत फसाइरहेका छन् ।
अझ पनि ठगिने क्रम जारी छ । हल्लै हल्लाको पछि लागेर आप्ना आपन्तहरु लाई इजरायल पठाउने बहानामा कतिको घरबहार भताभुé भैसकेको अर्थात सबै सामु र्छलé भैसको अबस्था सँगै नयाँ दुतको इजरायलआगमन सँगै यस्ता गलत कार्यहरुको बन्देज सँगै नेपाली दुताबास इजरायलले आप्नो सक्रियता बढाउने छ र नेपाली दुताबास इजरायल र नेपालीकामदार बिचमा रहेको दुरी कम हुने आशा गरेका छन् । २०३९ साल देखि नेपाल सरकार अन्र्तगत परराष्ट मन्त्रालयमा रहीबिभिन्नदेशहरुमस्को,लन्डन,बर्लीन,बेनक्क,लगाएतका अन्य देशहरुमा समबन्ध सुधारमा सधै अग्रसर महामयिम राजदुत श्री प्रल्हाद कुमार प्रसाईकेा इजरायल बसाइ र कार्य सफलताको नेपाली कामदारहरुबाट शुभ-कामना समेत ब्यक्तगरेका छन् ।
महामयीम राजदुतज्यु बाट केही दिनमा नै इजरायली राष्टपति सामु आप्नो अोहदाको प्रमाण पत्र पेश र्गेन नेपाली दुताबास इजरायलले जनाएको छ । उहाँ सँगै उहाँकी धर्म पत्नी सिता प्रसाई पनी इजरायल आइपुग्नु भएको दुताबास श्रोतले बताएको छ ।
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै