नयाँ संबिधान न-आये, नयाँ आन्दोलन गर्ने-माओवादी सचिब गजुरेल I

इटहरी, वैशाख ११,

माओवादी सचिव हरिबोल गजुरेलले शीर्ष नेताहरुबीच अहिले भइरहेको वार्ताले संविधान निर्माणमा रहेका विवादहरुको टुङ्गो नलागे नयाँ सिराबाट आन्दोलन सुरु हुने र त्यसले माओवादीलाई नै फाइदा पुग्ने बताएका छन्। इटहरीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गजुरेलले भने, 'आन्दोलनले माओवादीलाई सत्तामा पनि पुर्‍याउँछ र हाम्रो लक्ष्य पनि पूरा हुन्छ।'

संविधान नबनेको दोष माओवादीलाई लगाउने बहाना पनि माओवादीको सेना समायोजनसम्बन्धी ऐतिहासिक निर्णयका कारण असान्दर्भिक भइसकेको बताउँदै गजुरेलले आन्दोलन भए अहिले असन्तुष्टि जनाएर अलग्गिए जस्तो देखिएको वैद्य पक्ष पनि समाहित हुने विचार राखे। अमर खड्का

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com