म बर्तमान (कबिता) I



सुनिता राइ
काठमाण्डौ, हाल-इज़रायल :

लालाच्पूर्ण यी मानब मस्तिष्कका मंजरिहरुले छिलेर जलेकोछु म, बर्तमान,,
सोचाइमा हिंसा, हेराइमा हिंसा, बोलाइमा हिंसा यसैमा गलेकोछु म, बर्तमान,,

चारैतिर जाज्वाल्ल्यमान-जाल झेल भित्र-भित्रै खोक्रियेर ढलेकोछु म, बर्तमान,,
सर्बत्र अशान्ति, रगतको भोक दिएर लोक कल्याणले अझ जलेकोछु म, बर्तमान,,

बिपथ-गामिहरुको गम मा चिप्कियेर अलपत्र-दोबाटोतिर लम्किएको म, बर्तमान,,
उकुस-मुकुसियेर बाग्मतीमा व्यंग्यका वाणहरुले चिथोरियेर चम्केको म, बर्तमान,,

आस्थाका ढलमा घातका घेय स्खलन हुँदा अर्ध नग्न बौरिएको म, बर्तमान,,
बिछिप्तियेका आक्रान्त करुणाहरुलिइ निस्तब्ध रातमा छट्पटिएको म, बर्तमान,,

निमेष खुशीको धाम खोज्दा, अराजकको जर-जरमा जकडिएको म, बर्तमान,,
युग र दुद साक्षी राखी मेची-महाकाली भै लम्पसार पल्टिएको म, बर्तमान,,

शेरियेर स्वार्थको सन्त्रासमा, अर्ध-चेतमै शान्त रारा खोज्दै म, बर्तमान,,
पोलिएर बार-बार द्वन्दको भुब्रोमा दुविधाको दर्पण रोज्दै म, बर्तमान,,

रुमलियेर रनभुल्ल धमिलो धुल्मा इतिहासको समिक्षा गर्दै म, बर्तमान,,
त्यो सुन्दर शान्ति र उज्यालो आउँछ भन्ने अठोट प्रतिक्षामा म, बर्तमान,,

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com