बैशाख -२,
घरबाट बाहिर घाममा निस्कँदा शरीरको खुल्ला भागमा सनस्त्रिmन लोसन लगाउनुपर्छ। वातावरणअनुसार एसपीएफ कमसेकम ३० हुनुपर्छ। अनुहारलाई घाम र धूलो-मैलोबाट जोगाउन कटनको दुपट्टा प्रयोग गर्न सकिन्छ। हिटस्ट्रोकको खतरा पनि यो मौसममा बढी हुन्छ। कहिलेकाहीँ यो समस्या गम्भीर हुन्छ र त्यसबाट मानिसको मृत्युसम्म हुन सक्छ।
चिकित्सकहरूका अनुसार गर्मीमा कडा घामका कारण कतिपय बिरामीको मृत्यु हुने सम्भावनासम्म हुन्छ। सूर्यको चर्को परावैजनी किरणको प्रभाव गर्मीमा बढी हुन्छ। यसबाट छालामा थुप्रै समस्या उत्पन्न हुन्छन्। लामो समयसम्म घाममा बस्ने मानिसलाई ५० वर्ष नपुग्दै छालासम्बन्धी क्यान्सर हुने सम्भावना हुन्छ। थोरै सावधानी अपनाएर यो समस्याबाट जोगिन सकिन्छ।
घरबाट बाहिर घाममा निस्कँदा शरीरको खुल्ला भागमा सनस्त्रिmन लोसन लगाउनुपर्छ। वातावरणअनुसार एसपीएफ कमसेकम ३० हुनुपर्छ। अनुहारलाई घाम र धूलो-मैलोबाट जोगाउन कटनको दुपट्टा प्रयोग गर्न सकिन्छ। हिटस्ट्रोकको खतरा पनि यो मौसममा बढी हुन्छ। कहिलेकाहीँ यो समस्या गम्भीर हुन्छ र त्यसबाट मानिसको मृत्युसम्म हुन सक्छ। यसमा शरीरबाट पसिना निस्कदैन र शरीरको तापमान बढ्छ, जसका कारण व्यक्ति बेहोस हुन्छ। अतः गर्मीम्ाा शरीरबाट पसिना आउनु आवश्यक छ।
गर्मीमा अत्यधिक पसिनाका कारण हुने रोग हो-ऐक्सेसिम स्वेटिङ। हाम्रो शरीरमा जुन विकार हुन्छ त्यो शरीरको लाखौं रोमछिद्रका माध्यमबाट पसिनाका रूपमा बाहिर निस्कन्छ। शरीरबाट बढी पसिना निस्किएर छाला लगातार भिजिरहे त्यो आफैमा एक प्रकारको रोग बन्छ। शरीरबाट पसिना निस्कने अधिकतालाई एक्सेसिभ स्वेटिङ वा हाइपेरिड्रोसिस भनिन्छ। यो रोगमा पसिना बढी निस्कने भएकाले रोगीको शरीर र कपडाबाट दुर्गन्ध आउँछ। गर्मीमा आँखासम्बन्धी रोग पनि लाग्छ। विशेषज्ञहरूका अनुसार गर्मीमा टाइफाइड, कलेरा, गेस्ट्रोइनटाइटिस, हेपाटाइटिस, वायरल मेनन्जाइटिस, मलेरिया आदिको खतरा पनि बढ्छ।
खानपान ः यो मौसममा गरिष्ठ भोजन गर्नु हुँदैन, कारण त्यस्तो खाना चाँडै पच्दैन। गर्मीमा फलाहारलाई प्राथमिकता दिनुपर्छ। चिकित्सकहरूका अनुसार फलफूलमा भिटामिन, सोडियम, पोटासियम र अन्य तत्व पाइन्छ, जसले शरीरमा पानीको कमीलाई पूरा गर्छ। गर्मीमा विशेष फल सेवन गरे कतिपय रोगबाट बच्न सकिन्छ। किड्नीसँग सम्बन्धित समस्याबाट पीडित बिरामीले दैनिक एउटा स्याउ खानुपर्छ। पोलियोका बिरामीले दैनिक रूपमा तरबुजा खानुपर्छ। स्ट्रबेरीमा थुपै्र त्यस्ता एन्जाइम्स पाइन्छन्, जुन जोड्नीको पीडामा लाभदायक हुन्छन्। त्यसबाट हृदय रोगमा समेत लाभ हुन्छ।
दही ः यसले पाचनक्रियालाई ठीक राख्नुका साथै कब्जियत एवं डायरियाको सम्भावना घटाउँछ।
नरिवल पानी ः नरिवल पानी गर्मीका लागि राम्रो पेयपदार्थ हो। नरिवल पानीको सेवनले घमौराका साथै छालासम्बन्धी अन्य समस्याबाट पनि जोगिन सकिन्छ।
काँचो आँप ः काँचो आँप, धनियाँ र पुदिनाको चटनीले गर्मीबाट रक्षा गर्छ।
तरबुजा ः यसले गर्मीमा तिर्खा मेट्नुका साथै शीतलता पनि प्रदान गर्छ।
काँक्रो ः गर्मीमा शीतलताका लागि काँक्राको सेवन लाभदायक हुन्छ। यसको प्रयोगबाट शरीरमा युरिक एसिडको मात्रा कम हुन्छ। काँक्रा छालाका लागि वरदान हो। यसले सनवर्नमा पनि राहत पुर्याउँछ। यसले शरीरको आन्तरिक गर्मीलाई रोकेर जलन कम गर्छ।
कागती ः यसमा भिटामिन सी पाइन्छ, जसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
पाकेको आँप ः यसमा सुगर तथा ग्लुकोजको मात्रा प्रशस्त पाइन्छ, जसले शरीरलाई ऊर्जा प्रदान गर्छ। आँपमा बिटा केरोटिन नामक एन्टी अक्सिडेन्ट पनि पाइन्छ। बिटा केरोटिन छाला र आँखाका लागि मात्र होइन हृदय रोगका लागि पनि लाभदायक छ।
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै