मौसम र भोजन

चैर्ट-२९,

डा: बालकृष्ण साह,
गर्मीमा शरीरलाई तुलनात्मक रूपमा कम प्रोटिन चाहिन्छ। शरीरको तापक्रम बढी भएको अवस्थामा प्रोटिनको मेटाबोलिज्म कम हुने भएकाले पनि खानामा रुच्ाि कम भएको हो। यस्तो मौसममा बढी प्रोटिनयुक्त तथा क्यालोरी भएको -कार्बोहाइड्रेट, बोसो) खानेकुराभन्दा पनि भिटामिन, खनिज -मिनरल) तथा पानी भएका खानेकुरा रोज्नुपर्छ। यस्तो मौसममा दही, काँक्रो, फलफूल, सलाद आदिलाई खानामा समावेश गर्नु राम्रो हो। आफ्नो नियमित खाजामा फलफूल तथा फलफूलको रस, लस्सी आदि सेवन गर्नु उचित हुन्छ।

अधिकांश रोगका जीवाणुको वृद्धि २५ देखि ४० डिग्री सेन्टिग्रेट तापक्रममा हुन्छ। त्यसैले हाम्रो नियमित खानामा पनि रोगका जीवाणुहरूको वृद्धि हुन सक्छ। ती जीवाणु र तिनले उत्पादन गरेका विभिन्न रसायनले झाडापखाला लागाउने, बान्ता गराउने, पेट दुखाउने तथा फुड पोइजनिङ गराउने हुन सक्छ। त्यसैले गर्मीमा ठिक्क मात्रामा खाना पकाउनु र धेरै समय बाँकी नराख्नु उपयुक्त हुन्छ। खानेकुरा स्वच्छ, सफा एवं ताजा हुनुपर्छ। खानेकुरा भण्डार गर्दा पि|mज प्रयोग गर्न सकिन्छ। खानेकुरामा जस्तै पानीको प्रयोगमा पनि ध्यान पुुर्‍याउनुपर्छ। शरीरको तापक्रममा सन्तुलन कायम राख्न बढी पानी पिउनुपर्छ। गर्मीमा धेरै मसलेदार एवं चिल्लो खाना खानु हुँदैन। यो मौसममा प्रोटिनको मेटाबोलिज्म कम हुने भएकाले धेरै प्रोटिनयुक्त खानेकुरा -मासु, अण्डा, दूध तथा दूधका परिकारहरू) कम खानुर्छि। दूधको चिया र कफी सेवनको विकल्पमा कागती चिया पिउनु उपयुक्त हुन्छ जसले भोक जगाउनुका साथै प|mेस राख्न पनि मद्दत गर्छ।

गर्मीमा पानीको प्रदूषण बढी भएको पाइन्छ। पानीको प्रदूषणका कारणले हुने रोगहरूमा झाडापखाला अझै पनि प्रमुख मानिन्छ। प्रदूषित पानीको माध्यमबाट झाडापखाला तथा अन्य रोगका जीवाणुहरू हाम्रो शरीरमा प्रवेश गर्छन्। पानीको प्रदूषणका कारणले हुने अर्को प्रमुख रोग हो-टाइफाइड। त्यस्तै पानीको प्रदूषणका कारणले हुने अन्य रोगहरूमा हेपाटाइटिस

-जन्डिस), मनसुन डिजइज, विभिन्न किसिमका जुका पर्नु, अपच तथा पेटको गडबडी आदि पर्छन्। यस्तो मौसममा निर्मलीकरण नगरी पानी पउिनु हुँदैन। पानी उमालेर, फिल्टर -छानेर) गरेर तथा औषधि प्रयोग गरेर निर्मलीकरण गर्न सकिन्छ। स्कुल जाने बालबालिकाहरूलाई नियमित रूपमा घरबाटै स्वच्छ पानी वा ग्लुकोज पानी पठाउनु राम्रो हुन्छ। अहिले मिनरल वाटर अर्थात् विभिन्न कम्पनीले बजारमा ल्याएका बोतलका खानेपानी सेवन गर्ने चलन बढ्दो छ। यस्तो पानी शुद्ध भनिए पनि सबै पानी शुद्ध नहुन सक्छ। त्यसैले आफ्नै तरिकाले पानीको सफाइमा ध्यान पुर्‍याउनुपर्छ। खाना खानुअघि राम्रोसँग हात धुने, खाना पकाउनु तथा पस्कनुअघि हात धुने, दिसा तथा पिसाब गर्न चर्पीको प्रयोग गर्ने, शौचालय गएर आइसकेपछि राम्रोसँग हात धुने, सधै ताजा, सफा खानेकुरा मात्र सेवन गरे पानीको प्रदूषणले हुने अधिकांश रोगबाट सजिलै बच्न सकिन्छ।

गर्मीमा खानामा रुचि कायम गर्न तथा रोगहरूबाट बच्न आवश्यक छ। खानामा रुचि कायम राख्न तथा कुपोषण हुन नदिन हरिया सागपात, फलफूल तथा कागती, अमला, गोलभेडाको अचार, पानी तथा झोल कुरा प्रशस्त मात्रामा सेवन गर्नुपर्छ। काँक्रा, गाजर, मुला, कागती पानी, लस्सी, फलफूलको रस आदि यो मौसमका अति प्रचलित तथा स्वास्थ्यबर्धक खानेकुरा हुन्। यसले खानामा रुचि पनि बढाउने भएकाले यसको सेवनमा जोड दिनु उत्तम हुन्छ। नारी:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com