भक्तपुर, वैशाख १५,
भक्तपुरको नगर क्षेत्रमै सञ्चालित औषधि पसल र क्लिनिक मापदण्डविपरीत रहेको भेटिएको छ । जिल्ला प्रशासन कार्यालयको अगुवाइमा गएको सर्वपक्षीय अनुगमन टोलीले कानुनी मापदण्ड पालना नगरी मनोमानी रूपमा औषधि व्यवसाय तथा स्वास्थ्य सेवा सञ्चालन गरेको भेटेको हो । टोलीले एउटा ल्याब र क्लिनिक सिलबन्दी गर्नुका साथै आधा दर्जन औषधि पसल र क्लिनिकलाई तीन दिनभित्र जवाफसहित प्रशासनमा उपस्थित हुन पत्र काटेको छ ।
कमलविनायक चोकस्थित विनायक फर्मा सञ्चालकले अनुमतिपत्र बिनै एक्स-रे, डेन्टल क्लिनिक र ल्याब चलाएको भेटिएको छ । औषधि व्यवसायी संघ भक्तपुरका अध्यक्षसमेत रहेका अनिलमान श्रेष्ठले सञ्चालन गरेको यो क्लिनिकमा वरिष्ठ चिकित्सकसमेत संलग्न छन् । अवैधरूपमा सञ्चालित क्लिनिकमा काम गर्नु आचारसंहिताविपरीत हुने भए पनि अहिलेसम्म चिकित्सकलाई कुनै अप्ठ्यारो नपरेको सञ्चालक श्रेष्ठले स्वीकारे । 'पहिले त अनुमति लिएको हो, नवीकरण गरेनछु,' उनले टोलीलाई भने । प्रहरीको सहयोगमा टोलीले क्लिनिक, ल्याब र एक्स-रे कक्षमा तालाबन्दी गरी सेवा र व्यवसाय बन्द गराएको छ ।
हेलो जनस्वास्थ्य फर्मामा पुगेको टोलीले नमुनाका रूपमा वितरित औषधि बिक्रीका लागि राखिएको भेट्टायो । औषधि कम्पनीका मेडिकल रिपि्रजेन्टेटिभ -एमआर) ले चिकित्सकलाई दिने औषधि व्यवसायी तुलसीराम सुवालले शुल्क लिएर बेचेको भेटिएको हो । यस्तो औषधि बिक्री गर्न नमिल्ने औषधि व्यवस्था विभागका फार्मेसी निरीक्षक श्याम अधिकारीले बताए ।
'निःशुल्क पाउने औषधि चिकित्सकले विपन्न बिरामीलाई बाँड्नुपर्ने हो,' निरीक्षणमा खटिएका उनले भने, 'पसलबाट मनोमानी ढंगले बेच्न मिल्दै मिल्दैन ।' टोलीले हेलो फर्मामै म्याद नाघेका औषधि बिक्रीका लागि राखिएको भेट्टाएको छ । सरकारी स्वास्थ्य निकायबाट निःशुल्क पाइने क्षयरोगका औषधि सञ्चालकले बिक्रीका लागि राखेका थिए ।
सामान्यतयाः सरकारी निकायबाट निःशुल्क पाइने औषधि व्यवसायीले दुरुपयोग गरी बिक्रीका लागि राख्ने गर्छन् । मापदण्डअनुसारको काम नभएको भन्दै टोलीले शंकास्पद सबै औषधि जफत गर्नुका साथै बयानका लागि पत्र काटेको छ । औषधि पसल सञ्चालकले गम्भीर प्रकृतिका औषधिहरूको छुट्टै भण्डारण तथा बिक्री वितरणको अभिलेख राख्नुपर्छ । 'लागू तथा मनोद्वीपक' कोटामा पर्ने यस्ता औषधिहरू लागूऔषध प्रयोगकर्ताले दुरुपयोग नगरुन् भन्ने उद्देश्यले चिकित्सकको सिफारिसपछि मात्रै किन्नेको अभिलेख राखी बेच्न दिइन्छ । तर फर्मा सञ्चालकमध्ये अधिकांशले अभिलेख नराख्ने र खुलमखुला बिक्री गरेको भेटिएको छ । 'हामीले यसअघि पनि अनुगमनका क्रममा पटक पटक अभिलेख राख्न आग्रह गरेका थियौं,' विभागका फार्मेसी अधिकृत भरत पौडेलले भने ।
अर्को कमलविनायक फर्माले बिरामीले सेवन गर्ने औषधि र कीटनाशक विषादी सँगै भण्डारण गरेको भेटिएको छ । छुट्टाछुट्टै भण्डारण गर्नुपर्नेमा जुस, कीटनाशक स्प्रे र औषधि लापरबाहीपूर्वक भण्डारण गरेको भेटिएको थियो । फर्मा सञ्चालकले बिक्रीका लागि राखेको 'जेनेग्रा' नाममा यौनबर्द्धक औषधिको समेत आधिकारिक कागजात पेस गर्न सकेनन् ।
नियमित अनुगमन र कारबाहीको अभावमा औषधि व्यवसायी तथा निजी स्वास्थ्य सेवा प्रदायकहरू नियन्त्रणबाहिर गएका हुन् । हरेक वर्ष नियमित अनुमतिपत्र नवीकरण गर्नुपर्ने मापदण्ड उनीहरूले पालना गरेका छैनन् भने वर्षौ+ नियम मिच्दासमेत सरोकारवाला सरकारी निकाय बेखबर छन् । सूर्यविनायकमै रहेको सूर्यविनायक पोली क्लिनिकले २०६० सालदेखि अनुमतिपत्र नवीकरण नगरी क्लिनिक सञ्चालन गरेको छ । नियम मिच्दै गगल्ससमेत बेच्न राखिएको सो फर्मामा पनि टोलीले म्याद गुज्रेका औषधिहरू भेटाएको थियो । टोलीमा संलग्न जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख अर्जुन अधिकारीका अनुसार नियमित अनुगमन र कारबाहीको अभावमा मनोमानी मौलाएको हो । 'अब हामी सुधार्ने प्रयास गर्नेछौं,' उनले भने । किष्ण-ज्ञवाली;
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै