बिभिन्न क्षेत्रमा सक्रिया नारीहरुलाई सम्मान I

चैत्र-२२,

गत महिना राजधानीमा सम्पन्न एक कार्यक्रममा विभिन्न क्षेत्रमा अगुवाइ गरेका नारीलाई सम्मान गरियो। शान्ति र विकासका लागि नागरिक आवाज तथा सिर्जनशील महिला मञ्चले नारी दिवसको सन्दर्भ पारेर उक्त सम्मान गरेको हो।

सम्मानित हुनेहरूमा जीवनप्रभा लामा, सकुना श्रेष्ठ मलेकू, अम्बिका श्रेष्ठ, मञ्जिला शर्मा, सुधा थापा, राजेश्वरी पाण्डे, केनुरा गुरुङ, आकेमी होन्डा पोखरेल, रविना देशराज श्रेष्ठ आदि छन्। उनीहरूलाई 'राष्ट्रिय नारी सम्मान' का रूपमा शान्तिमन्त्री सत्य पहाडीले सम्मानपत्र प्रदान गरेकी थिइन्।

सोही कार्यक्रममा 'नयाँ संविधानमा महिला अधिकार' विषयक अन्तक्रिर्यामा सभासद् एवं नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसालले संविधानसभामा सबै महिला सभासद् उक्त विषयमा एकजुट रहेको बताएकी थिइन्।

महिला हिंसाविरुद्धको अभियानमा सभासद्लाई चिठी

महिला मानव अधिकार रक्षक सञ्जालले प्रजातन्त्र दिवसको अवसर पारेर विभिन्न प्रकारका हिंसाबाट पीडित तथा न्यायको पहुँचबाट टाढा रहेका नेपाली महिलाहरूबाट संकलित चिठीहरू गत महिना एकमुष्ट रूपमा सभासद्हरूलाई बुझाएको छ।'नाइँ भनौं, न्याय गरौं' भन्ने मूल नाराका साथ डिसेम्बर १५ देखि मार्च २१ सम्म सञ्जालले संचालन गरेको महिला हिंसाविरुद्धको सय दिने अभियानअन्तर्गत देशभरिका महिलाले पठाएका चिठीहरू सभासद्हरूलाई बुझाइएको अभियान संयोजक डा. रेणु राजभण्डारीले बताइन्। सञ्जालले राजधानी काठमाडौंलगायत देशका कुनाकाप्च्ााहरूमा महिलामाथि दिनप्रतिदिन विभिन्न खालका हिंसा भैरहेको तर हिंसा गर्ने व्यक्तिहरूम्ााथि कानुनी कारबाही हुन नसकेका उदाहरण दिँदै महिला अधिकारका विषयमा सचेत रहन सभासद्हरूलाई चिठी पठाएको हो।

महिलाहरूमाथि यत्र-तत्र, सर्वत्र हुने गरेको हिंसा र न्याय प्राप्त गर्न भैरहेको कठिनाइका बारेमा सभासद्हरूलाई ध्यान दिन पनि पत्रमा आग्रह गरिएको छ। त्यस्तै सभासद्हरूको जानकारीका लागि पछिल्ला ३ महिनामा -कात्तिकदेखि पुससम्म) मात्रै ४ सय २१ वटा घटना सार्वजनिक भएको तर सार्वजनिक नभएका घटना यसभन्दा कैयौं गुणा बढी छ भनी मान्ने आधार धेरै भएको पनि चिठीमा उल्लेख छ। साथै विभिन्न किसिमका हिंसाबाट प्रभावित महिलाहरूले न्याय प्राप्त गर्ने प्रक्रिया राजनीतिक दबाबबाट मुक्त रहोस् भन्नेमा सचेत रही जिम्मेवार बन्न पनि सभासद्हरूसँग आग्रह गरिएको छ।

पोखरामा सौन्दर्य कलेज

पर्यर्टकीय सहर पोखरामा सौन्दर्य शिक्षालाई पाठ्यक्रममा समावेश गर्न 'ब्युटी कलेज' स्थापना हुने भएको छ। पोखराको हङकङ हर्बल ब्युटी इन्स्िटच्युटले नेपालमै पहिलो पटक सौन्दर्यसँग सम्बन्धित कलेज स्थापना गर्न लागेको हो। यहाँ पाठ्यक्रम नै तयार पारेर विद्यार्थीलाई अध्ययन गराइनेछ।

झन्डै २५ वर्ष स्वदेशी र विदेशमा गरी सौन्दर्य क्षेत्रमा लागेकी मीना गुरुङले ब्युटी कलेजको अवधारणा अघि सारेकी हुन्।

'अबको केही महिनाभित्रै कलेज स्थापना भै अध्ययन सुरु हुनेछ,' गुरुङले भनिन्, ँसौन्दर्य क्षेत्रको आकर्षण बढेकाले कलेज स्थापनाको अवधारणा आएको हो।'

विदेशमा सौन्दर्यसँग सम्बन्धित कलेज स्थापना भए पनि नेपालमा अहिलेसम्म यस्तो कलेज स्थापना भएको छैन। इन्स्िटच्युटले आफ्नो २५ औं रजत जयन्तीको अवसर पारेर सौन्दर्य कलेज स्थापनाका बारेमा जानकारी गराएको हो।

निःशुल्क पाठेघर परीक्षण

गत महिना भक्तपुर क्यान्सर अस्पतालको सत्रौं वाषिर्कोत्सवको अवसर पारेर अस्पताल परिसर दूधपाटीमा निःशुल्क पाठेघर उपचार शिविर सञ्चालन गरियो। रोटरी क्लब अफ काठमाडौं मिड टाउनको सहयोगमा सञ्चालन गरिएको उक्त शिविरमा अस्पतालका ६ जना चिकित्सकसहितको टोली संलग्न थियो। बिहानदेखि सुरु भएको पाठेघर परीक्षण शिविरमा २ सय जना महिलाको पाठेघर जाँच गरिएको बताइएको छ। अरू क्यान्सर रोगबारे पहिल्यै जानकारी नहुने तर पाठेघरमा हुनसक्ने क्यान्सरबारे भने प्याप मेयर टेस्टबाट पहिल्यै थाहा पाउन सकिने हुनाले हरेक विवाहित महिलाले नियमित रूपमा प्याप मेयर टेस्ट गरेर ढुक्क हुन सकिने चिकित्सकहरू बताउँछन्।

लैंगिक हिंसाविरुद्ध

लाग्न निर्देशन

प्रधानमन्त्री डा. बाबुराम भट्टराईले महिला हिंसा निवारणका लागि प्रतिबद्ध हुँदै अभियान सञ्चालन गर्न सरकारका सबै निकायलाई निर्देशन दिएका छन्। उनले गत महिना लैङ्गकि हिंसाविरुद्ध अन्तर मन्त्रालयस्तरीय समितिको बैठकमा यस्तो निर्देशन दिएका हुन्।

लैङ्गकि हिंसाका घटना हुन नदिन, रोक्न र तत्कालीन एवं दीर्घकालीन उपाय अवलम्बन गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री डा. भट्टराईले महिलालाई पनि पीडकविरुद्ध तत्काल उजुरी गर्न अभिप्रेरित गर्नु जरुरी रहेको औंल्याए। उनले लैङ्गकि हिंसाका घटना सम्बन्धमा परेका उजुरीमा २४ घन्टाभित्र कारबाहीको व्यवस्था गर्न तथा लैङ्गकि हिंसापीडितका लागि सबै जिल्लामा अल्पकालीन आश्रयस्थल बनाउन पनि सम्बन्धित निकायलाई निर्देशन दिएका थिए।

महिला आयोगलाई थप सशक्त एवं प्रभावकारी बनाउन आवश्यक व्यवस्था मिलाउने दृढता व्यक्त गर्दै प्रधानमन्त्रीले गैरकानुनी रूपमा वैदेशिक रोजगारीमा जानेहरूलाई दुरुत्साहन गर्नुपर्ने खाँचो औंल्याए।

हिंसापीडित महिला सम्मानित

१०२ औँ अन्तर्राष्ट्रिय महिला मजदुर दिवसको अवसरमा ओखलढुंगामा हिंसापीडित महिला सम्मानित भएका छन्। श्रीमान् अञ्जनी कुमार कोइराला र सौता मालती थिङले मार्ने षड्यन्त्र गरि अपराधी समूह हतियार सहित पठाउँदा बांच्न सफल कल्पना कोइरालालाई सम्मान

गरिएको हो। त्यसैगरी अन्तरजातीय विवाह गरेको भन्दै सुत्केरी अवस्थामा घरबाट निकाला भएकी प्राप्चा-४ की सुस्मिता दर्जी र दिलबहादुर विक दम्पति पनि सम्मानित भएकी हुन्। आमा समूह संजाल, महिला तथा बालबालिका कार्यालय लगायतका विभिन्न सातवटा महिला अधिकारवादी संघ संस्थाले उनीहरुलाई दोसल्ला ओढाई सम्मान गरेका थिए। 'समाजमा हिंसा विरुद्ध शून्य सहिष्णुता कायम गर्न सफल भएकोले उहाँहरुलाई सम्मान गरिएको हो' आमा समूह संजालकी जिल्ला अध्यक्ष कान्ती राजभण्डारीले भनिन्, 'अहिले पनि कायमै रहेको महिला हिंसा विरुद्ध अडिग भएर लागिपर्ने महिलालाई साथ दिन हामी सदैव तयार छौँ ।'

नारी दिवसका अवसरमा ग्रामीण, दलित, उत्पीडित र पिछडिएका वर्गको साथै महिलाहरुलाई अधिकार सम्पन्नको तहसम्म कसरी पुर्‍याउने भन्ने विषयमा व्यापक बहस गरिएको थियो। आगामी संविधान नारी अधिकार प्राप्ति सुनिश्चित गराउने खालको हुनुपर्ने महिलाहरुको तर्क थियो। स्रोत-नारी :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com