म्यक्सले ल्यायो नयाँ मोडल I

काठमाडौ, चैत्र २९,

म्याक्स मोबाइल्सको अधिकृत वितरक टेलिम्याक्सले नयाँ मोडल एमएक्स-१५१ आर्क सेट बजारमा ल्याएको छ । यसमा एकसाथ दुई सिम प्रयोग गर्न सकिन्छ । सेटमा क्यामेरा, लेड टर्च, म्युजिक प्लेयर, एफएम रेडियो, एमपी फोर प्लेयर लगायत सुविधा छन्।

यसैगरी ४ जिबी क्षमतासम्म मेमोरी बढाउन मिल्ने सुविधा, ३.५ मिमिको अडियो ज्याक, ब्लुटुथ यसका थप विशेषता हुन् । मल्टिमिडिया सुविधा भएको एमएक्स-१५१ आर्क मोबाइल नेपालकै सबैभन्दा सस्तो फोन भएको कम्पनीले दाबी गरेको छ । यसको मूल्य १ हजार ९ सय ९५ रुपैयाँ छ ।  इ-कान्तिपुर् :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com