' सहयोग की सभ्यता ' (लेख) I

देशमा प्रचलीत रीति-रिवाज , संस्कृती , परम्परा इत्यादिले त्यहाँ जन्मी--हुर्केका प्रत्येक व्यक्तिमा यी कुरा-हरुको आजन्म छाप पर्दछ | यो हामीमा पनि छ , बल्कि यो हाम्रो पहिचान हो भन्दा अतिसयोक्ती नहोला |

हाम्रो देश (नेपाल) एक-पुरुष प्रधान देश हो , परिबर्तनको यो संघारमा हाम्रा साहशीक दिदी/बहिनी हरु आत्म निर्भर र स्वाबलम्बी हुनको लागी पारीवारिक जिम्मेवारी र चुला चौका सम्हाल्दै पुरुष भन्दा कुनै कम छैनौ भन्ने आत्म बिस्वाशका साथ् असारे हिलोमा मैझार गर्न उत्रिएका छन......

पारा-पुर्ब काल देखि स्त्री (महीला )हरुलाई कम्जोर , बेसाहारा अनि सस्तो खेलौनाको रुपमा हेर्दै आएको यो हाम्रो समाजको रुढी--वाढी पूर्ण सोचाइलाई परिवर्तनको ढोल बजाई चर्को चुनौती दिने बेला आइसकेको छ.| हामी साना--छदा कैयौ बहादुरीका कथा दन्त्य कथाहरु सुन्यौ ती कथाहरुमा बहादुर पुरुष हरुको बर्णन प्रसस्त पाइन्छ तर बहादुर स्त्रीको नगन्य , आखिर त्यो बहादुर पुरुषको जन्म इनै कम्जोर / कोमल स्त्री बाटै भएको होइन र ?

हो यिनै नारी हुन् ! नारी कोमल / ममता मई पक्कै छे तर कम्जोर छैन | त्यसैले अब अबसरका ढोकालाई पर्खेर होइन बल्कि ढक--ढक्याएर खुलाउ...अनि हाते-मालो गरि अघि बढौ..........
बिषयलाई म केहि कोलट्युन चाहन्छु....जब देखि मलाइ स्मरण छ ,मेरो हजुर बाबा जहिले घोडामा सवार गर्नु हुन्थियो ,उहाँ कतै घुम-फिर गरि घर आउनु हुँदा हजुर्माले ,गर्दै गरेको काम छोडी हजुरबाको सेवामा लाग्नु हुन्थियो हुक्का,चिया-पानी ,नास्ता इत्यादी....

मलाइ ती क्रिया-कलाब हरुबाट एक-प्रकारको प्रश्न उब्जिन्थियो (त्यो नादानी दिमागमा), त्यो थियो किन हजुर्माले मात्र हजुरबाको सेवा गर्नु भएको होला.....अथवा मैले हजुरबाले हजुर्माको सेवा गरेको कहिले देखिन.....?
मेरो हजुरबा निकै कडा स्वाभाब्को हुनुहुन्थियो...र ...अनुशासनको खरो...| मेरा ती साना छदाको नादानी सवालहरुको जवाफ समय संगै ठुलो भएसी एक-एक्गारी पाएँ |

यसरि साँगुरो गोरेटो हुँदै नेपालि महिलाहरुको दुखद अबस्थाहरु परिवर्तीत समय संगै पुरुष-हरुको माहान्ता र अहम्तामा डुबुल्की मार्दै आज उभयचर जीवझैं संघर्शील मैदानमा घसृदै अघि बढदैछन |
सामान्य कुरा गर्दा सम्मज्का महान पुरुषहरुले आफुले खाएको थाल-बटुको पर सार्दैनन धुन त् परे जाओस...| कथंकदाचित धुन परे त्यहाँ छोरी-बुहारी मरे सरह हुने छन्....यहि बाट स्पष्ट हुन्छ की हामीमा कति परिबर्तन आएको रहेछ.....काम लाइ यो समयमा गर्छु भनि तालिका बनाउनु राम्रो तर यो काम पुरुषको अनि त्यो काम महिलाको भनि क्यत्गोरिमा राख्नु राम्रो होइन...यो क्यत्गोरिले हामी एक-अर्कामा बिभेत,दुरी ,असमानता बढाउछ...

हामे महिला हरुको दुर्भाग्य भनौ या हाम्रो समाजको सोचाइमा आउँन नसकेको परिबर्तन आज पनि शिक्षित परिवार बाटै महिलाहरु शारिरीक-मानशिक प्रताडित हुँदै आएका छन...
परिस्थिति बस आज म पर्देशियेकी छु..(इज्रायेल),र दुनिया सुन्नु र प्रत्यश्य देख्नुमा फरक रहेछ....यो समाजका महीला र पुरुष समान तरिकाले काँधमा--काँध र हातमा--हात मिलाई मेहनत गरेको देख्दा यो पाठ हामीले सिक्नु पर्ने देखिन्छ.....यदि यो पाठलाई हामीले नि ब्यबहारमा उतार्न सके हाम्रो जिवानमा सहजता--सरलता मात्र होइन शुख ,खुशी र आनन्द ल्याई दिदैं भन्न सकिन्न....
जुन सेवा मेरो हजुर्माले--हजुरबालाई गरेको देखे त्यो , यो इज़रायेलमा पुरुषले महीला लाइ गरेको पाए सम्मान जनक | शुरुमा त् अचमै मा परे बिस्तारै सबै कुरो बुझ्दै गए...! तसर्थ ,काम गरेर सानो नहुइदो रहेछ , हाम्रो त् सोचाइ पो खुम्चिएको /साँगुरो रहेछ , अगाडि आइपरेको काम गर्नु पर्छ , महत्व दिएर गर्नु पर्छ....यो नै हाम्रो महान्ता रहेछ....!

परिबर्तन पहिला आफुमा हुनु-पर्छ , त्यसपछि समाज,टोल , जिल्ला,अंचल हुँदै देशको हुन्छ....तर दुर्भाग्य हाम्रो समाज र सामाजिक सोचाइमा कहिले यस्तै समानताको गीत मात्रै होइन ब्यबहारमा पाइने हो...? हामी आफै मुल्यांकन गर्न सक्छौ की समय भन्दा हामी कति पछी छौ...? यो सब प्रचलित रुढी-वाढी संस्कारको उपज हो भन्दा अनुपयुक्त नहोला...!
तसर्थ , आउनुहोस यो अगाडिको कदम एक-भै चालौ परिबर्तको अनि समान्ताको....!!!
By, Sunita Rai

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com