सुनिता राइ (यसीन)
मलाइ पगाल्ने असफल प्रयाश नगर बिन्ती...
म कुनै मैन होइन.....
सबैले कुल्चिएर दुखेकी मलाइ त्यो,
निस्शासिँदो पल नदेउ बिन्ती...
म कुनै धुवा सहने पैंन होइन...
मलाइ त्यस्तो पिडा नदेउ बिन्ती...
अब, म संग रुन लाइ आँशु छैन...
मलाइ राजधानीले नकहलाउ बिन्ती...
म दुर्गन्धित बागमती भए , कसैलाई यहाँ चासो छैन...
मेरो ब्याथाहरुलाइ अटार्तिकाको आइस झैं जम्न देउ बिन्ती..
सुक्न लागेका यी खटेराहरूलाई कोट्याउने प्रयाश नगर...
स्वाच्छ...स्वास फेर्न नदिए नि, प्रदुषित बिष त् नभर..बिन्ती, ,
यी मेरा आत्मा-सम्मानहरु धेरै झुके, भो अब नझुकाउ बिन्ती....
कति चर्किए यो छाती-कति दुखे भो अब नखुरकाउ...
आफै कुल्चिन्दै उफ्रियेउ, मै माथि, धेरै सुके भो अब नसुकाउ...बिन्ती,,
धेरै दुखे खहरेको भंगाल बनि भो अब नदुखाउ बिन्ती...
थाहा छैन , कति बगे..बिछिप्तियेका आँशु..शाध्या छैन, गनी...
धेरै दुखे, पटक-पटक दुखे, मेची र महा-काली बनि....
अब नसंझाउँ बिन्ती.....
धेरै गरे खुल्ला सिमा संग सम्झौता भो अब...
नझक-झकयु बिन्ती.......
म त् एक-रित्तो ढुकुटी भैसके , जोखिम मोली नहेर बिन्ती...
म त् सुख्खा बगर भै-सके , म संग नहरको कुरा नगर बिन्ती...
----------------------------------------------
By, Sunita Rai