''सुस्ताएको शान्ति '' (कबिता) I


सुनिता राइ (यसिन)
काठमांडू , हाल इजरायल

आक्रान्त समयको कैयौ अँध्यारो संत्राशहरुमा -:
पाएको सानो गणतन्त्र मुनामै ठुन्किएको छ ,,

सुस्ताएर शान्तिका संगितहरु कतै गृह-युद्धमा -:
अशान्तिको उप-सम्हार्ले बार-बार मुर्छित छन ,,

धमिलिएर निकोटीनका नमेटिने धब्बा-हरुमा -:
जन-आशा सबै समेटीयेकोछ कहीं दस्ताबेजमा ,,

पीडाको प्रताडनामा शान्ति नाङ्गो डांडामाथि -:
ठिंग उभिएर स्वाभिमानको टालो माग्दैछिंन् ,,

निष्पट्ट कालो रातमा नयाँ इतिहासको बिगुल बज्दा-:
सल्बलियेर चिर निन्द्राका युगहरु उठी-घस्रिन थाले ,,

तर, नयाँ बिहान संगै घामको किरणमा कालो बादल खस्दा-:
टुहुरा भो फेरी युग, गोमन् रुपी बर्बरताले परिबर्तनलाई डस्दा ,,

जन-रगतको भोक चढाई, निश्कलंकित आमालाई दाग लगाए-:
गरीब-दुखिहरुको दर्दले चक्मा पारि आफ्नो स्वार्थ पुरा गर्न -
स्वार्थि हरुले बिस्वाश्को पिण्ड चढाई, खुशीको हवान लगाए ,,

त्यसैले आज उनि सुस्प्त सुस्तायेकी छिन कतै -:
चुसिएर उखुको खोस्टा झैँ ढुसी परेकी छिन कठै ''

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com