सुनिता राइ (यसिन)
चुट्टिनै लागेको नाम्लो र थोत्रे डोको बोकी घन-घश्यको घारीमा घस्रिन्दै,,
खियाँ लागेको हँसिय कम्मरको पटुकामा सिउरी घन-घोर खयर छिमल्दै,,
कतिऔं शिशीर, बसन्त संग पौठे-जोडी खेले, अनगिन्ति अनकन्टार कति फुटाई हेरे,,
डर लाग्दा घुर्मियेका प्राकृतिक प्यालाहरु पिइ, खनी-२ सपना फेरी यहीं जुटाई हेरे,,
बाँजो कर्मको बगर बार-बार घच-घच्याई, संघर्षको बाँध खोलि बिर्ता बिराउन खोजे,,
निस्पट्ट अँध्यारो चिर्दै, रोदनको तरंग भित्र बाट उज्यालो चियाउन जस्केलो खोलि हेरे,,
कठिन जिवान जिउने कहरमा तितो जहर पिउँदै, दुखको झोलुंगेमा पटकौं झुली रहे,,
रुझेर बर्खे झरीको बलेसिमा कति असिनाका डल्लाहरु फुटाई भाग्य चम्काउन कुदी रहे,,
नाइल नदी झैँ लामो सपना साकार पार्न, हरेक दिन सिम्ले झोडा संग दौतरी गाँसी हेरे,,
जिवान चक्रको छेप्यास्त्रमा खुशी बिछ्याई, आँशुको थोपा-थोपा बटुली पल-२ बाँची हेरे,,
रेतिले रेटी खुशीका द्वाजाहरु आँशुको जलले शुद्ध पारि मनको मन्दिरमा टाँगी दिए,,
महँगो खुशी यो चाहिएन मलाइ, संधै साथ रहने दुखनै फेरी भगवान संग मागी लिए,,