चैत्र-१५,
मन्द उज्यालो, मधुर संगीत एवं सम्पूर्ण तनाव र थकान हर्ने मखमली मसाज। यस्तो अनौठो अनुभव कुनै ब्युटी स्पाबाट मात्र सम्भव छ, जहाँ मानिसले आफ्नो शिरदेखि पाउसम्म एवं तनदेखि मनसम्म पूर्णरूपमा आराम प्रदान गर्न सक्छ।
अब स्पा थेरापी मात्र पुरानो मसाज थेरापीमा सीमित छैन, यसमा थुपै्र विविधता जोडिन पुगेको छ जसबाट ताजापन र फुर्तीको नयाँपन अनुभव प्राप्त हुन्छ। ब्लु स्पा पनि एउटा त्यस्तै स्पाको नाम हो। ब्लु अर्थात् नीलो। एउटा यस्तो रंग जुन शान्ति र आरामको परिचायक हो। चाहे त्यो कोठाको भित्ता होस् वा आफ्नो पहिरन, जब पूरा स्थान नै ब्लु थिममा आधारित हुन्छ, त्यसको बेग्लै सुखद अनुभूति हुन्छ।
सम्पूर्ण रूपमा कुलकुल। ब्लु स्पाले तनाव हटाउँछ, शरीरको रक्त प्रवाहलाई सन्तुलित राख्छ र छालालाई बालबालिकाको छालाजस्तै कोमल बनाउँछ। यो स्पामा प्रयोग हुने प्रोडक्टको प्याकेजिङ पनि नीलो रंगकै हुन्छ। यो स्पामा केही विशेष खालको मसाज र थेरापी पनि प्रयोग हुन्छ जसमा सिवुड रेजुवनेट स्क्रव, चिल एण्ड कुल डिटाक्सिकाइङ स्क्रव, बनाना लिफ र्याप आदि प्रमुख हुन्।
सिविड रेजुवनेट स्क्रव ः यो स्क्रवमा भएका खनिज र सिफुड तत्वले छालामा रहेका कीटाणु र टक्सिन अर्थात् विषलाई बाहिर निकाल्छ। यो स्क्रवमा समुद्री खनिज तत्वबाहेक माटो चाइना -क्ले) तथा भिटामिन ई ओयल प्रयोग हुन्छ। माटोले छालाको विषलाई सोस्छ र सिविड्सले छालालाई पोषण प्रदान गर्छ। यो पाको उमेरकाहरूको छालाका लागि विशेष लाभदायक हुन्छ। सबैभन्दा पहिले पूरा शरीर तातोपानीमा भिजाइएको टावेलले सफा गर्नुपर्छ। त्यसपछि क्लिन्जरका रूपमा चिनियाँ माटो लगाएर पाँच मिनेटसम्म बडी मसाज गर्नुपर्छ। त्यसलाई मन तातोपानीले धोएपछि भिटामिन ई ओयलबाट १५ मिनेटसम्म मसाज गरिन्छ। त्यसपछि पूरा शरीरमा आधा घन्टा स्क्रव प्रयोग गरिन्छ।
चिल कुल डिटाक्सिफाइङ स्क्रव विद जस्मिन ः यसमा चन्दन, चमेली, बदाम, काँक्राको जुस, चमेलीको तेल, स्पि्रक्ट ओयल एवं चमेलीको ताजा फूल प्रयोग गरिन्छ। यसबाट छालालाई शीतलता र ताजापन प्राप्त हुन्छ। सबैभन्दा पहिले मन तातोपानी र स्विट आल्मन्डयुक्त स्क्रवबाट शरीरमा भएको मैलो हटाइन्छ। १५ मिनेटसम्म मसाजमा चमेली र एपि्रकट ओयल प्रयोग गरिन्छ। त्यसपछि पूरा शरीरमा चन्दनयुक्त स्क्रव लगाइन्छ। २० वा ३० मिनेटपछि पानीले सफा गरेपछि काँक्राको जुसको लेप लगाइन्छ र अन्त्यमा जसमिन ओयल, चमेली र एपि्रकट ओयल प्रयोग हुन्छ। यसबाट छालालाई पूर्णरूपमा पोषण प्राप्त हुन्छ र छालाको रंगमा पनि निखार आउँछ।
ओयल स्टिमुलेटिभ डिटाक्सिफाइङ मसाज ः
तेल आफैमा सबैभन्दा शोधक मानिन्छ जसले फोहोरमैला बाहिर निकालेर छालाको भित्रसम्म पुगी सम्पूर्ण शरीरलाई ऊर्जावान् तुल्याउनुका साथै मांसपेशी तथा हड्डीलाई बलियो बनाउँछ। ब्लु स्पामा पनि यो कुरा लागू हुन्छ। सबैभन्दा पहिले पूरा शरीरलाई तातोपानीमा भिजाइएको टावेलले सफा गरिन्छ। त्यसपछि पातको मद्दतबाट मसाज गरिन्छ र एक्युप्रेसर प्वाइन्टसमा अलग-अलग स्ट्रोक दिइन्छ। यसले छालामा भएको टक्सिन बाहिर निस्कन्छ। यो मालिस ४० मिनेटसम्म गरिन्छ। त्यसपछि पूरा शरीरलाई डिप दिएर शरीरबाट पानी निकालिन्छ र अन्त्यमा चिसो पानीले स्नान गराइन्छ।
बनाना लिफ र्याप ः केराको पातमा कालो रोफिल हुन्छ जसले एसिडिटी, जलन, क्ले आदिलाई कम गर्छ। यो थेरापीमा भिटामिन ई ओयल, अलिभ ओयल, ग्रेपप|mुट ओयल, लाइम ओयल, इन्प|mेरिड किरण एवं केराको पात प्रयोग हुन्छ। शरीरलाई मनतातो पानी र क्लिन्जर लाइम ओयलबाट सफा गरेपछि भिटामिन इ ग्रेपप|mुट र अलिभ ओयलबाट २० देखि ४० मिनेट मसाज गरिन्छ। त्यसपछि शरीरलाई केराको पातमा बेरिन्छ र इम्प|mरिड उक्त किरणलाई केराको पातमा पारिन्छ। अन्त्यमा तातोपानीबाट शरीरलाई सफा गरिन्छ र कागती पानी पिउन दिइन्छ। यो थेरापीले सौन्दर्यमा निखार ल्याउनुका साथै स्वास्थ्य लाभ पनि गराउँछ।
नारी
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै