महिला पाठकहरु ! तपाई असुरक्षित महशुस गरिरहनुभएको छ ? तपाईलाई वडिगार्डको आवश्यकता छ ? छ भने यो पढ्नुहोस् । महिलाहरुको लागि मोबाइल नै बडिगार्ड बनाउन सकिने भएको छ ।
भर्खरै मात्र नयाँ दिल्लीमा लागु भएको नयाँ प्रविधिले महिलाहरुले आफुलाई सुरक्षित राख्न सक्ने भएका हुन् । भारतीय एक एनजिओले एउटा कम्पनीको सहयोगमा यस्तो सफ्टवेयर तयार पारेको छ कि जसको मद्दतबाट आफुलाई आपत परेको बेला आफ्ना अन्य ६ जना साथीहरुको मोबाइलमा लाकेशन सहितको मेसेज पठाउन सकिने छ । यो सफ्टवेयर सिर्फ महिलाको लागि मात्र उपलब्ध गराइने बताइएको छ । साथै यसमा उल्लेखित लोकेशनको डाटा पनि सुरक्षित रहनेछ ।
यो सफ्टवेयर वायोपोल एनजिओले कैनवसमको मद्दतबाट तयार गरेको बताइएको छ । वायोपोलले करीब २ महिना पहिला दिल्ली र एनसिआरको असुरक्षित १०० स्थानको डाटा अनलाइन गरेको थियो ।
यसमा महिलाका लागि खतरनाक ११ स्थान त दिल्लीको गुडगाम क्षेत्रमा मात्रै रहेको छ । बर्षदिनभरीका लागि रु १ सय भारुमा यो सफ्टवेयर राख्न सकिने छ । सफ्वेयर फाइट बैँक नाम दिइएको छ । यो प्रविधि नेपालमा आउन धेरै समय नलाग्ने बताइएको छ ।
लोड कसरी गर्ने
यसलाई लोड गर्नका लागि www.whypoll.org मा गएपछि तपाईले एफबि नामको एक लिंक देख्नुहुनेछ । जसमा डाउनलोडको option दिइएको छ । त्यसमा option मा click गर्नासाथ तपाई फाइट बैँकको पेजमा पुग्नुहुनेछ । जब तपाईले डाउनलोड मोबाइल Application गरेपछि सर्वप्रथम log in को option आउनेछ । sign up call मा click गर्नासाथ एक फर्म खुल्नेछ । जसले तपाईको व्यक्तिगत विवरण त्समा भरेर submit गरेमा तपाईको log in ID बन्नेछ ।
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै