एनसेल मोवाइलको टावरमा बम विस्पोट I

धादिङ, फागुन १३,

गएराती धादिङको गोगनपानी गाविस वडा नम्बर ६ मा रहेको एनसेल मोवाइलको टावरमा बम विस्पोट गराइएको छ ।
टावरमा सुतली बम विस्पोटपछि गोगनपानी आसपासका क्षेत्रमा एनसेल मोवाइल अवरुद्ध बनेको छ ।

विस्पोट भएको स्थानमा संयुक्त जनगणतान्त्रिक मुक्ति मोर्चा नेपालको जनविद्रोह अभियानको अपिल लेखिएको पर्चा फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।बमले टावरमा राखिएको जेनेरेटरमा क्षति पुगेको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com