प्यारो देश I


सुनिता राइ

मेरो घेर त्यहाँ छ, जहाँ हिमाल हाँसी रहेछन ,,
मेरो खेल्ने आँगन त्यहाँ छ, जहाँ डाँफे-मुनाल नाची रहेछन ,,

मेरो गाउँ त्यहाँ छ, जहाँ चौरी, भेडी डुली रहेछन,,
मेरो बगैंचा त्यहाँ छ, जहाँ लाली गुँरास फुली रहेछन ,,

मेरो सपना त्यहाँ छ, जहाँ धानका बाला झ्हुली रहेछन,,
मेरो हाँसो त्यहाँ छ, जहाँ कोमल बुद्ध बोलि रहेछन,,

म त सधैँ त्यतै हुन्छु, त्यहीं मर्ने सपना बुन्छु,,
जहाँ गये, भये नि म त मेरै मातृ भूमीको आवाज सुन्छु ,,

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com