निर्दोस गुनासाहरु (कविता) I


सुनिता राइ

गनेर नसकिने जिन्दगीका यी पाइला हरु ,,
काहाँ पुगी टुंगिने हुन सपनाका यी कायीहरु,,

जोतिएर जिन्दगी संग, सकियेनन गर्न दायीहरु,,
बिना कुनै अनुमति बजी रहन्छन दुखका यी सनैहरु,,

लुकाएर कति हिडु दुखका यी कर्म हरु,,
जति लुकाउँयो त्यति देखिन्छन बेबसी र शर्म हरु,,

थाहा भएन कस्तो हुन्छ खोइ सुखका ती पाना हरु,,
भरेर कहिल्यै सकियेनन दुखका यी माना हरु,,

हे भगवान कस्तो हुन्छ सुख ? भनि सोध्न मन लाग्यो,,
आफ्नो भाग्य आफ्नै हातले चक्मा सरि घोत्न मन लाग्यो,,

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com