सुनिता राइ (यसीन)
नारी हामी अघि बढौ बिकासको पथमा -
हिम्मत बिस्वाश बटुली छाडौ सगरमाथा !!
अन्धकार नसु शिक्षाले क्रान्ति छरौ हिमाल,पहाड, मधेश -
शृंगारदै ल्येजाउँ पुर्व, पश्चिम बुद्ध जन्मेको हाम्रो देश !!
अबला होइन सबला बनि देश यो उठाउनु छ -
काँधमा काँध मिलाई हामी परिसरम जुटाउनु छ !!
कन्दरा फुटाई बिसमताको समानता ल्याउनु छ -
परिसरमा गरि ममताले यहाँ झुपडी छाउनु छ !!
लेकमा फुल्ने लाली गुँरास बेसीमा फुलाउनु छ -
हिमाल माथि धानका बाला पहेल्यै झुलाउनु छ !!