स्वाभिमान (कबिता)


सुनिता राइ

हात चलिन्जेल यो लेख्न पाउँ नेपाल,,
सास चलिन्जेल यो देख्न पाउँ हिआल,,

डुल्न पाउ सधैं यहीं पाखा पखेरुमा,,
खेल्न पाउ सधैँ यहीं गुरासँको फेदमा,,

हार्न नजान्ने हामी नेपालि, घस्न पाउँ जीतका अबिर हरु,,
बाँच पाउँ सधैं आफ्नै स्वाभिमानमा, कहिल्यै नझुकुन यी शीर हरु,,

स्वातन्त्र भै जिउन पाउँ यहीको माटो खानी,,
चिनाउन पाउँ सधैं बीर गोर्खालीको सन्तान भनि,,

फर-फराउँन सधैं यी चन्द्र र सूर्य नभाचिउन तीर हरु,,
चम्किउन सधैँ नझुकुन कहिल्यै सगरमाथाका शीर हरु,,

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com