मेडिटेसन तथा स्पाको तयारी I

चैत्र-१५

आनन्द मात्र नभएर स्वास्थ्यका लागि पनि लाभदायक स्पा तथा मेडिटेसनले मानिसलाई फुर्ती दिनुका साथै एन्टिएजिङको काम पनि गर्छ। नायिका करिश्मा मानन्धर स्पा र मेडिटेसनलाई आफ्नो सुन्दरताको रहस्य मान्छिन्। मेडिटेसनले आफूलाई एकाग्र हुन र शारीरिक फुर्ती प्रदान गर्नमा ठूलो भूमिका खेलेको उनको बुझाइ छ।

मेडिटेसनले शरीरलाई मात्र होइन मस्तिष्कलाई पनि ताजा र फुर्तिलो बनाउन सहयोग पुर्‍याउँछ भने स्पाले मानव शरीरमा लाग्ने नसर्ने खालका रोगहरूको नियन्त्रण गर्छ। डायबिटिज, प्रेसर, मुटुसम्बन्धी रोग आदिको संक्रमणबाट जोगिन स्पा र मेडिटेसन अत्यन्त उपयोगी हुन्छन्। स्पाले हाम्रो शरीरमा सही तरिकाले ब्लड सर्कुलेसन प्रक्रियालाई अघि बढाउन सहयोग गर्छ। जसद्वारा शरीर नथाक्ने, छालामा चमक आउने तथा मानसिक रूपमा पनि सक्रिय रहने जस्ता परिणाम देखा पर्छन्।

मेडिटेसन शरीरका लागि यस्तो एउटा आवश्यकता हो जसले शरीरका अनावश्यक विकार हटाउन तथा मस्तिष्कलाई फुर्त र शान्त राख्न ठूलो भूमिका खेल्छ। चैतन्य अ कम्प्िलट मेडी स्पाका सुदर्शन बस्नेत भन्छन्-'स्पालाई लक्जरीका रूपमा मात्र लिइन्छ तर यो आनन्द र लक्जरीका लागि मात्र नभएर विशेषतः शारीरिक स्वास्थ्यका लागि हो। जसका माध्यमले शरीरमा विविध खालका रोगको संक्रमण हुनबाट जोगाउँछ भने उमेर बढ्दै गएकाहरूलाई शारीरिक थकान हटाउनुका साथै सदाबहार देखाउन पनि सहयोग गर्छ।'

टक्युंलिटी स्पाका भुवन फैंजूका अनुसार स्पा यस्तो उपचार हो जसबाट मानव शरीरमा लाग्ने हरेक किसिमका संक्रमणबाट टाढा रहन सकिन्छ। त्यसका अतिरिक्त आज आएर स्पा व्यवसाय नेपालका लागि राम्रो रोजगारको क्षेत्रका रूपमा समेत स्थापित भैसकेको छ भने अर्कातिर यो आकर्षक पर्यटन व्यवसायका रूपमा समेत फस्टाइरहेको छ।

नारी

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com