सुनिता राइ (यसिन)
काठमान्डू, हाल इज़रायल :
परिस्थिको बाँधले कोसौं दुरी पुर्याये पनि मन त छ मेरो त्यहीं माटोमा,,
बिदेशी सुगन्धमा रमेन मन कतै, रम्ने तृष्णा त छ त्यहीं पखेरु पाटोमा,,
मेटिएन तिर्खा बिदेशी मिनेरलले, सम्झना त्यहीं मिठो मुहान सगरमाथाको,,
स्मृतिभरि मातृ-भूमी नाच्छन चित्र त्येहीं झर्ना, पखेरु नानिमा मेरो आँखाको,,
स्वदेशी अशान्तिले कर्मठहरुलाई पराइ बनायो, निभ्नै लाग्यो दियो आशाको,,
शान्तिको सुक्ष्मतै बिलिन हुन लाग्यो आज, नसुनाउ साथि अरु गीत गाथाको,,
वेवसिको भेदमा खुशीको पिण्ड चढाई, होमको मन्त्र संगै सर्वस स्वाहा हुँदैछु,,
खेर फाल्दै अमुल्य शक्ति,बिना युद्दको हारमा हस्ताक्षर गरि पराइको पेवा हुँदैछु,,
मडारिएको छ सर्वत्र निरासाका निस्सिमहरु, रक्षकहरु नै नर-भक्षक भये पछि,,
जन आशाका चिउलाहरुमा निकोटिनका चुना लाग्यो, नेताले बोलि सापटी लिएपछि,,
बुद्ध वृक्षको ओत लागि हिंसाको पाठ पढायेपछी, झुटको संजिवानिले खोट लुकयेपछी,,
बार-२ जनता लुटिएका छन, हाडीको मकै झैं अभावको रापमा बार-२ भुटियेका छन,,
नेताहरुको स्वार्थ पूर्ति पछि सडकमै अर्ध-चेत भै बार-२ थुकियेका छन, जनता,,
बेचिएर बिदेशमा अमुल्य पसिना बगाई गौंडा-गौंडामा लुटिएका छन, जनता,,
मातृ भूमीको बिच्छिप्त पीडामा मुटुका पल्मो-नरि, धमनीहरु स्तब्धियेका छन,,
काठेधमिराको चलखेलले खलबलियेर शान्ति सबै द्वन्द तरंगहरु सल्बलियेका छन,,
त्यसैले अब प्रति-बद्धता गरौ नयाँ युगको शीतले ती स्वार्थिहरुको स्वस्थानी गरि ,,
बालि दियो आशा-बिस्वाश, प्रेम, एकता र एकमतको मन्स्यऊ खड्ग अलि पर सारी,