श्रीमतीको कुटाईबाट श्रीमानको हत्या I

दुजमान भण्डारी,  दाङ, चैत ९,

दाङमा श्रीमतीको कुटपीटबाट श्रीमानको हत्या भएको छ । तुलसीपुर नगरपालीका वडा नं ७ दाङपानी निबासी सुन्तली रेउले ले श्रीमान जीतबहादुर रेउलेलाई रोटी पकाउने तौवाले टाउकोमा प्रहार गरी हत्या गरेको स्थानियबासिन्दाले बताएका छन् ।

मादकपदार्थ सेवन गरेर श्रीमतिले श्रीमानको हत्या गरेको स्थानिय नेबबहादुर बुढाले जानकारी दिनुभयो । तर सुन्तलीले भने श्रीमानले आत्महत्या गरेको बताएकी छन् । घटनाका सम्वन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com