'क्यान्सर निदान हुन्छ’

धरान , चैत्र १६,

 क्यान्सरका अधिकांश रोगी चाँडै मरिने त्रासले मानसिक रूपमा शिथिल हुने गरेकाले यसबारे व्यापक चेतना फैलाउन जरुरी रहेको घोषणा गर्दै तीन दिने 'नाक, कान, घाँटी शल्यक्रिया अद्यावधि र प्रत्यक्ष शल्यक्रिया कार्यशाला मंगलबार सकिएको छ ।

कार्यशालामा नेपाल र भारतका नाक, कान, घाँटी रोग विशेषज्ञले कतिपय क्यान्सर रोग लाग्दैमा समाजमा सुनिएको जस्तो तीन वर्ष वा पाँच वर्षमै मृत्यु नहुने बताए । समयमै क्यान्सर उपचार गरे कतिपय रोग शतप्रतिशत निदान गर्न सकिने उनीहरूले बताए ।

कार्यशालामा क्यान्सर रोगीका लागि सम्बन्धित विषयको शल्यचिकित्सकको मात्र भूमिका महत्त्वपूर्ण नभएर रोगीको मानसिक आत्मबल बढाउन मनोवैज्ञानिक चिकित्सक, प्याथोलोजिस्टहरूको पनि उत्तिकै भूमिका रहने जानकारी गराइयो ।

कान्तिपुर :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com