गजल
नसजाउ भो मलाई तिम्रो मनको सङ्घारमा
खैलाबैला हुन सक्छ तिम्रै घरको सरकारमा
मुटु साट्ने पिरतीको पर्दाफास भयो भने
अशान्तिको कोकोहोलो होला फेरि घरबारमा
चोखो प्रेमको जात हुन्न भन्दै अघि सर्यौ भने
धक्का लाग्न सक्छ हेर समाजको व्यापारमा
दुनियाँको नजरमा हाम्रो माया कस्तो बन्छ
जानिजानि ज्यान राखि हिड्नु हुन्न संहारमा
अल्झिएर दोमनमा नपर भो दोधारमा
बसेको छ कोही अरु पक्कै तिम्रो इन्तजारमा
अनु विज्ञाति
बेलबारी, मोरङ