गजल - कृष्णप्रसाद गौतम
लामो रहेछ यात्रा बाधा रहेछन् धेरै
यो प्यारो जिन्दगीका ब्याधा रहेछन् धेरै
हाँकेर जीवन-नौका हिँड्दा छालहरूमा
मिल्ने अप्जसहरूका खादा रहेछन् धेरै
संसार नै बिगर्ने ती बिसालु मान्छे
उनै बने मिचाहा साधा रहेछन् धेरै
सुते दिनै छ कालो उठे सँधै विहानी
यो देश नै हो स्वर्ग राधा रहेछन् धेरै ।।
चैनपुर न. पा. २ चित्लाङ, संखुवासभा
हाल - इटहरी - ५, सुनसरी ।