गजल By, अम्बिका कार्कि अमु
विज्ञानबाट मानवले पत्थरपनि गाले ।
युगको परिवर्तन गर्न सबै लाग्न थाले।
आत्मा-आत्माबाट लाप हुदैन प्रेमभावको
पवित्र प्रेमलाई नै देह ब्यापारमा ढाले।
नेपालीले नेपालीमा देखाउँदै बहादुरी
नाडि निमोठ्न माओ ,कांग्रेस कोहि बने माले ।
वैरीले आएर देशमा लगाईछाड्यो नजर
उसैलाई काधमा बोक्दै देश हाक्नेले पाले ।
नाङ्गो नृत्य भयो जो जहाँ नाचेपनी राष्ट्रमा
भासिदैछ भुमी पुर्व कतै पश्चिम न-टाले।
अम्बिका कार्कि अमु
सर्लाही
हाल चितवन भरतपुर